बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    जब प्रचण्ड, बैद्य र बाबुराम भट्टराई एकै ठाउँमा देखिए ...

    सोमबार, २३ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २३ असार

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण र समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई सोमबार एकै ठाउँमा देखिए ।

    तीन पार्टीका अध्यक्ष कुनै राजनीतिक छलफलका लागि भेला भएका थिएनन्।वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य, गोरखाका वामपन्थी नेता श्रीनाथ अधिकारीको निधन भएपछि कुपन्डोलस्थित पार्टी कार्यालय पुगेर उनीहरुले श्रद्धाञ्जली दिए।  

    लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित अधिकारीको उपचारको क्रममा आइतबार बेलुकी निधन भएको थियो। सोमबार पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि अधिकारीको पार्थिव शरीर राखिएको थियो।

    महासचिव वैद्यले पार्टीको झन्डा ओढाएर अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए। श्रद्धाञ्जली दिन नेकपा अध्यक्ष दाहाल, समाजवादी पार्टीका अध्यक्ष भट्टराई, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपा नेता जनार्दन शर्मालगायत नेता पुगेका थिए। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast