बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    प्रधानसेनापति थापा अमेरिका प्रस्थान, कायममुकायममा बलाधिकृत रथी गिरी

    सोमबार, २३ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २३ असार । 

    प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसङ्घको औपचारिक निमन्त्रणामा विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्नुभएको छ ।

    प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ  । 

    भ्रमणको दौरान उहाँले अमेरिकाका उच्च सैनिक पदाधिकारीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । औपचारिक कार्यक्रम सम्पन्न गरी उहाँ साउन १ गते स्वदेश फिर्ता हुनुहुनेछ ।

    प्रधानसेनापति थापा बेलायती सैन्य बलले आयोजना गर्ने प्रथम महिला, शान्ति र सुरक्षा सञ्जालसम्बन्धी सम्मेलन तथा संयुक्त राष्ट्रसङ्घको सचिवालयले आयोजना गर्ने तेस्रो रक्षा प्रमुखको सम्मेलनमा सहभागी हुनुहुनेछ ।

    भ्रमणको दौरान उहाँले अमेरिकाका उच्च सैनिक पदाधिकारीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । औपचारिक कार्यक्रम सम्पन्न गरी उहाँ साउन १ गते स्वदेश फिर्ता हुनु हुनेछ ।

    उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्रसङ्घ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

    प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरदकुमार गिरीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast