बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई स्थगित, कहाँ अड्कियो हलो ?

    सोमबार, २३ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २३ असार । 

    यसअघिदेखि प्रतिक्षा गरिएको प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई सोमबार अन्तिम समयमा आएर स्थगित भएको छ ।

    सरकारले गरेको सिफारिस प्रक्रिया समावेशी नभएको तथा सोध खोज नै नगरी गलत  पात्र चयन गरिएको भन्दै केही सांसदले औपचारिकरुपमै असन्तुष्ट व्यक्त गरेसँगै बैठक स्थगित भएको हो । 

     

    प्रधानको नयाँ प्रस्ताव

    पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारले लगातार गलत तथा अयोग्य व्यक्ति छनौट गरी  सिफारिस गरेको गम्भीर आपत्ति प्रकट गरे । प्रधानले सुनुवाइ समितिमा स्वयम् प्रधानमन्त्रीलाई पनि बोलाउनुपर्ने प्रस्ताव समेत राखे ।

    त्यस्तै प्रधानले प्रधानमन्त्रीलाई सुनुवाइमा नबोलाए अर्को बैठकमा उपस्थित नहुने चेतावनी समेत दिएका थिए । त्यसलगत्तै बैठकमा प्रधानमन्त्रीलाई बोलाउने वा नबोलाउने भन्ने विषयमा थप छलफल गरेर निर्णय गर्ने भन्दै बैठक स्थगित गरिएको थियो ।

    प्रतिपक्षी कांग्रेसले विशेषगरी अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेश दाहालको सिफारिसलाई लिएर असन्तुष्टि देखाएको हो । दाहालकी श्रीमतीको अमेरिकाको ‘पिआर’ नै  समस्याको मुल जड रहेको पनि काँग्रेस नेताहरुले उल्लेख गरेका छन् । यद्यपी यस विषयमा सबै कुरा छर्लंग हुन बाँकी नै छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast