आईतवार, भाद्र ८, २०७६
    मुभी-थिएटर

    ‘आज नगद भोली उधारो’ गीतमा आर्यनसँग दीपाश्रीको आइटम

    सोमबार, २३ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २३ असार

    निर्देशकसमेत रहेकी अभिनेत्री दीपाश्री निरौला अभिनेता आर्यन सिग्देलसँग आइटम गीतमा देखिएकी छिन् ।

    भदौ ६ गतेलाई प्रदर्शन मिति तय गरेसँगै चलचित्र ‘हजार जुनी सम्म’को निर्माण यूनिट यसको प्रचारमा लागेको छ । सुरुवातमा यो चलचित्रको प्रदर्शन मिति साउन ३० गतेलाई तोकिएको थियो । तर, यो मितिमा ३ वटा नयाँ हिन्दी चलचित्र रिलिज हुने भएपछि निर्माणपक्ष एकसाता पछि सरेको हो ।

    यसैविच, चलचित्रमा समावेश ‘आज नगद भोली उधारो’ बोलको गीतका केही तस्वीर सार्वजनिक भएको छ । जसमा, नायक आर्यन सिग्देलको लुक्स सार्वजनिक गरिएको छ । फुलेको दाह्री र कपालमा नायक आर्यन सिग्देलले आइटम गर्ल दीपाश्री निरौलासँग रोमान्स गरेका छन् ।

    चलचित्र निर्देशक दीपाश्रीले यो गीतमा आइटम नृत्य गरेकी छिन् । कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । बसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको गीतमा प्रल्हाद तिमिल्सिना र मिना निरौलाको स्वर छ ।

    गीतको भिडियोमा दीपा र आर्यनका साथमा शिवहरि पौडेल, स्वस्तिमा खड्का, अक्की प्रधान, उत्तम केसी लगायतलाई देख्न सकिनेछ । 

    नायक आर्यन सिग्देल यो चलचित्रमा अधवैशे पुरुषको भूमिकामा छन् । यो चलचित्रलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast