सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    कांग्रेस नेता कार्कीले ६२ वर्षकाे उमेरमा तेस्रो बिहे गर्दै

    सोमबार, २३ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २३ असार ।

    नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन् । तेस्राे विवाह उनले उत्सव सम्शेर राणाकी नातिनीसँग ६२ वर्षकाे उमेरमा गर्न लागेका हुन् ।

    यद्यपि दुलहिको नाम भने खुलेको छैन । बिहेअघि उनले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् । बिहेको मिति भने सार्वजनिक गरिएको छैन ।

    टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र रहेको स्रोतले बतायो । कार्कीले यसअघि बिहे गरेका दुवै श्रीमतीको निधन क्यान्सरको कारण भएपछि उनले तेश्रो विवाह गर्न लागेका हुन् ।

    कार्कीले पहिलो बिहे तेजबहादुर पछाईंकी छोरीसँग र दोस्रो बिहे परीक्षित नरसिंह राणाकी छोरी आवु राणासँग गरेका थिए । हाल कार्कीसँग जेठी श्रीमतीबाट एक छोरी छिन् ।

    भोजपुरको देउराली स्थायी ठेगाना भएका कार्की हाल काठमाडौंको हात्तीगौंडामा बस्दै आएका छन् । विगतमा अर्थ र जलस्रोत मन्त्री बनेका कार्की दोस्रो संविधानसभामा समानुपातिक सांसद थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast