आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    सिभिल बैंकको ९० औं शाखा सिराहाको धनगढीमाईमा खुल्यो

    सोमबार, २३ आषाढ २०७६, आहाखबर

    सिराहा, २३ असार । 

    सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सिराहाको धनगढीमाईमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाको मेयर हरि नारायण चौधरीले गर्नुभयो ।

    शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्तित्व, उद्योगी, व्यवसायी, तथा अन्यको उपस्थिति थियो ।

    धनगढीमाई शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९० पुगेको पनि बैंकले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast