आईतवार, भाद्र ८, २०७६
    अावास-निर्माण

    सरकारकाे नयाँ नियमः ठेकेदार कम्पनीले कम्तीमा ५ वर्ष मर्मत सम्भारको जिम्मा लिनुपर्ने

    सोमबार, २३ आषाढ २०७६, आहाखबर

    असार २३, काठमाडौं । 

    भौतिक निर्माण तथा पूर्वाधार आयोजनाको ठेक्का पाउने कम्पनीले अब कम्तीमा ५ वर्ष मर्मत सम्भारको जिम्मेवारी लिनुपर्ने भएको छ ।गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गर्ने र ठेक्का पाएर काम नगरी अलपत्र छाड्ने ठेकेदार कम्पनीलाई लक्ष्य गरी सरकारले कडाइ गर्ने भएको हो । 

    आगामी आर्थिक वर्ष २०७६÷०७७ देखि ठेक्का लगाउने आयोजनाका हकमा सम्बन्धित निर्माण कम्पनीले ५ वर्षसम्म मर्मत सम्भारको जिम्मेवारी लिएमा मात्र ठेक्का दिइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए ।

    सार्वजनिक खरिद ऐनअनुसार, निर्माण आयोजनाको गुणस्तर नियन्त्रण गर्ने उद्देश्यले नयाँ ठेक्कामा यस्तो नियम लागू गरिएको हो । 
    अहिले झन्डै १८ सयभन्दा बढी बहुवर्षे ठेक्काका आयोजना निर्माण व्यवसायी र कम्पनीकै कारण रुग्ण छन् ।

    पटक पटक म्याद थपेर पनि त्यस्ता आयोजना पूरा हुन सकेका छैनन् । विभिन्न सडक, पुल र अन्य पूर्वाधारका आयोजना ‘लो बिड’का आधारमा मूल्याङ्कन गरी ठेक्का दिने गरिएको छ ।

    न्यून बोलकबोल गर्ने निर्माण कम्पनीलाई ठेक्का दिँदा आयोजनाको ‘मोबिलाइजेसन’बापतको भुक्तानी लिएर आयोजना अलपत्र छाड्ने गरेका छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast