बिहिवार, मंसिर १९, २०७६
    अावास-निर्माण

    कलंकी–महाराजगञ्ज ८ लेन सडक ३ वर्षभित्र तयार हुने, छलफल गर्न चिनियाँ टोली आउँदै

    सोमबार, २३ आषाढ २०७६, आहाखबर

    असार २३, काठमाडौं ।

    कलंकी महाराजगञ्ज सडक आठ लेन बनाउने बिषयमा छलफल गर्न चिनियाँ टोलि नेपाल आउँने भएका छन् । चक्रपथ दोस्रो खण्ड कलंकी(महाराजगंज सडक विस्तारको काम सुरु गर्ने बिषयमा टोलि आएपछि छलफल हुने छ । 

    अबको एक साताभित्रै नेपाली र चिनियाँ अधिकारीबीच काम सुरु गर्ने बिष्यमा सहमति हुने सडकविभागले जनाएको छ । विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।

    अर्थ मन्त्रालयको समन्वयमा द्धिपक्षीय छलफल र सहमति गर्न हुने छ । आइतबार प्रधानमन्त्री कार्यालयमा कलंकी-महाराजगंज सडकबारे सबै निकाय राखेर छलफलसमेत भएको छ।

     

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,वन विभागका महानिर्देशक,खानेपानी तथा ढल निकास विभाग लगायतका सम्वन्धी सबै निकाय राखेर साईट क्लियरको विषयमा छलफल गरिएको हो । महाशाखाका अनुसार केहि ठाउँमा भने काम सुरु नगरि विद्युतका पोलहरु हटाउन नमिल्ने अवस्था छ ।

    नेपाल विद्युत प्राधिकरण प्रवन्ध निर्देशक कुलमान घिसिङले बसुन्धरा( महारागंज होचोस्थानमा रहेको ठाउँमा पोल राख्न नसकिने बताए। यो सडकको पोल हटाउनका लागि अर्थमन्त्रालयले बजेट समेत दिइसकेको छ।

    यो खण्डका लागि पौने ११ करोड रुपैयाँ दिएको हो । प्राधिकरणले पोल हटाउनका लागि ठेक्का मूल्याङकन अन्तिम चरणमा पुर्याएको छ।महाशाखाका अनुसार साइट क्लियर भए तीन बर्ष भित्र यो सडक तयार हुनेछ।स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले सडक निर्माणलाई तीब्रता दिन आफैले समन्वय समेत गर्दैछ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast