बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    ओली-प्रचण्ड ऐतिहासिक समझदारी, एक वर्षदेखि अड्किएको गाँठो फुक्यो

    सोमबार, २३ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २३ असार  । 
    नेकपाभित्र केही समयदेखि चर्किएको बैचारिक कार्यदिशाको विवाद तत्काललाई साम्य भएको छ ।  
    पार्टी एकताकै क्रममा सहमति भएको तत्कालको बैचारिक कार्यदिशा जनताको जनवाद हुने छ भन्ने विषयलाई राजनीतिक प्रतिवेदनमा राख्न अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन् । 

    उनीहरुबीच बालुवाटारमा आइतार भएको छलफलपछि पुरानै सहमति कायम गरेर प्रतिवेदन प्रकाशित गर्ने निर्णय भएको छ । बैठकले प्रतिवेदनको भाषा सम्पादन गरी प्रकाशनमा निर्णय गरेको समाचार कान्तिपुरमा छ । 

    अध्यक्ष प्रचण्डले  सोमबार प्रतिवेदन प्रकाशनमा लैजाने बताएका छन् । ‘एक वर्षअघि सम्पूर्ण सहमति भएपनि प्रकाशनमा जान नसकेको प्रतिवेदन अब प्रकाशनमा जाँदैछ’ ओलीसँगको छलफलपछि राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने । नेकपाको राजनीतिक प्रतिवेदनमा तत्कालिन एमालेले अघि सार्दै आएको जनताको बहुदलीय जनवाद राख्नुपर्ने प्रस्ताव अध्यक्ष ओलीले नै अघि सारेपछि पार्टीभित्र पूर्व एमाले र पूर्वमाओवादीबीच ध्रुविकरण भएको थियो । 

    एकताको प्रक्रिया पुरा नहुँदै सिद्धान्तको विवाद निम्तियो । त्यो विषयलाई ओलीले नै अघि सारेपछि पूर्व माओवादी पक्ष निकै चिढिएको थियो । 

    एकता प्रक्रियामा नै समस्या खडा हुन थालेपछि गत हप्ता दुई अध्यक्ष मिलेर अघि बढ्ने र विगतको सहमतिलाई सबैले मान्यता दिने समझदारी बनेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast