मंगलवार, मंसिर ३, २०७६
    यातायात

    काठमाडौँमा साझा यातायातको रात्रिकालीन सेवा सुरु, यी रुटमा चल्छन् बस

    सोमबार, २३ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २३ असार । 
    साझा यातायातले काठमाडौँमा रात्रिकालीन सेवा सुरु गरेको छ । पहिलो चरणमा तीनवटा बसले राति १० बजेसम्म सेवा दिन थालेका छन  । कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन सेवा दिन थालेको छ । 

    गत बुधबारदेखि रात्रिकालीन सेवा सुरु भएको साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरले जानकारी दिए । ‘केही समयपछि अन्य बसले पनि १० बजेसम्म सेवा दिनेछन् ।’ साझा यातायातसँग हाल ७१ वटा बस छन् । तीमध्ये चारवटा बस भने लामो दूरीमा सञ्चालित छन् । बाँकी बस काठमाडौं उपत्यकामा सञ्चालित छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast