मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    सेयरकास्ट इनिसिएटिभको अध्ययन

    NTV का ‘मेरी बास्सै’ र ‘भद्रगोल’ सर्वाधिक लोकप्रिय : अध्ययन

    आईतवार, २२ आषाढ २०७६, आहाखबर
     
    काठमाडौँ, २२ असार 
     
    सेयरकास्ट इनिसिएटिभ नेपाल नामक संस्थाले हालै गरेको अध्ययनअनुसार नेपाल टेलिभिजन मुलुककै लोकप्रिय टेलिभिजनका रुपमा स्थापित भएको पाइएको छ ।
     
    अध्ययनअनुसार विशेषगरी हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ र ‘भद्रगोल’ दर्शकले अत्यधिक रुचाएको पाइएको हो ।
     
    एनटीभीबाट प्रशारण भैरहेका यी दुई कार्यक्रममा दर्शकले विशेष रुची देखाएका हुन् । विशेषगरी हाँस्य व्यँग्य विधामा यी दुई कार्यक्रम अब्बल मानिन्छन् । 
     
    त्यसैगरी टेलिभिजन हेर्ने सङ्ख्यामध्ये ८० प्रतिशत मानिसले नेपाली र २० प्रतिशतले विदेशी च्यानल हेर्ने गरेका छन् भने नेपाली च्यानल हेर्नेमा नेपाल टेलिभिजन बढी हेर्ने गरेको पाइएको तथ्याङ्क छ ।
      
    विश्वका १४५ भन्दा बढी मुलुकमा नेपाल टेलिभिजनको पहुँच विस्तार भइसकेको छ । नेपाल टेलिभिजन टेरेस्ट्रियल, स्याटेलाइट र इन्टरनेट तीनवटै माध्यमबाट प्रसारण हुन्छ । 
     
    प्रसारण गुणस्तरका लागि एचडी को माध्यमबाट नेपाल टेलिभिजनका चारवटै च्यानल प्रसारण भइरहेको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast