मंगलवार, मंसिर ३, २०७६
    यातायात

    डडेल्धुराको मेलखर्कमा ट्र्याक्टर दुर्घटना हुँदा १३ घाइते

    आईतवार, २२ आषाढ २०७६, आहाखबर

    डडेल्धुरा, २२ असार

    डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा ट्र्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जाँदै गरेको से२त ३२१७ नंको ट्र्याक्टर आज दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

    घाइते १३ मध्ये १० जनालाई उपचारका लागि कैलाली लगिएको र बाँकी तीन जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जाएको छ । अत्यधिक गतिका कारण ट्र्याक्टर सडकमै पल्टिएर दुर्घटना भएको प्रहरीले जनाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast