बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    सैनिक श्रीमती सङ्घ र प्रहरी श्रीमती सङ्घको औचित्यतामाथि प्रश्न

    आईतवार, २२ आषाढ २०७६, आहाखबर
    काठमाडौँ, २२ असार
     
    प्रतिनिधिसभाको आजको विशेष समयमा संसद्ले श्रीमती सङ्घको औचित्यतामाथि प्रश्न उठाइएको छ । बैठकमा भाग लिँदै सांसद पम्फा भुसालले सैनिक श्रीमती सङ्घ र प्रहरी श्रीमती सङ्घको औचित्यतामाथि प्रश्न उठाउनुभयो ।
     
    सांसद लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा तराई मधेशमा भएका घटनाको अध्ययन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । 
     
    त्यसैगरी बैठकमा भारतबाट आयात भइरहेका फलफुल तथा तरकारीको विषादी परीक्षणपछि मात्र आयात गर्न सरकारको ध्यानाकर्षण गराइएको थियो । ध्यानाकर्षण गर्नुहुने सांसदमा प्रेम सुवाल, दुर्गा पौडेल र दिलेन्द्रप्रसाद बडू हुनुहुन्थ्यो ।
     
    सरकारले केही समयअघि फलफुल तथा तरकारीको  परीक्षण गर्दा विषादी फेला परेपछि भारतबाट आयात भएका फलफुल तथा तरकारीको आयातमा रोक लगाएको थियो । सदनमा सांसदले भारतीय दूतावासको दबाबपछि विषादीयुक्त फलपूmल तथा तरकारी आयात खुल्ला गरेको आरोप लगाएका थिए ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast