बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    विपन्न समुदायको उत्थानका लागि २० हजार घरमा जस्तापाता

    आईतवार, २२ आषाढ २०७६, आहाखबर

    नेपालगञ्ज, २२ असार 

    शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले गरीब तथा विपन्न समुदायको उत्थानका लागि सरकारले फुसको छाना विस्थापित गर्न कार्यक्रम सञ्चालन गरेको बताउनुभएको छ । 

    सुरक्षित नागरिक आवास समन्वय समिति बाँकेले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले यस वर्ष मुलुकभर २० हजार फुसका घरमा जस्तापाताको छाना लगाइने बताउनुभयो । 

    दुई वर्षभित्र नेपालगञ्जलाई देशकै नमूना शहरको रुपमा विकास गर्न आफू लागि परेको मन्त्री राईले बताउनुभयो । उहाँले साउन पहिलो सातासम्म नेपालगञ्जको वातावरण सुधारका लागि १० वर्षभित्र ठूला हुने रुख रोपण गर्ने योजना रहेको बताउनुभयो । 

    बाँकेको नरैनापुर, डुडुवा, जानकी र नेपालगञ्ज उपमहानगरपालिकाका दुई हजार ७०० घरलाई सो कार्यक्रमअन्तर्गत समेटिएको छ । 

    छनोटमा परेका व्यक्तिलाई पहिलो किस्तामा रु ३० हजार बैंकमार्फत उपलब्ध गराइने छ । छाना लगाइसकेपछि बाँकी रु १७ हजार ५०० खातामा जम्मा गरिने छ ।

     कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा र प्रदेशसभा सदस्य विजयबहादुर यादवले फुसको छाना विस्थापित गर्ने सरकारी योजनाको स्वागत गर्नुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast