बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    धार्मिक क्षेत्र सरसफाईमा जुटे कावासोतीका अभियान्ताहरु

    आईतवार, २२ आषाढ २०७६, सुमन लम्साल .

    कावासोती नवलपुर, २२ असार

    नवलपुर क्षेत्रका युवा सामाजिक अभियान्ताहरु त्यस क्षेत्रमा रहेका धार्मिक क्षेत्रहरुको सरसरफाईमा जुटेका छन् ।

    यसै क्रममा युवाहरुले यस क्षेत्रकै प्रसिद्ध धार्मिक स्थल दाउन्ने देवी मन्दिर परिसर सरसफाई गरेका छन् । 

    आउदै गरेको बिश्व सरसफाई दिवसलाई र नेपाल भ्रमण वर्ष  भब्य  सफल पार्ने उदेश्यले यस्ता अभियानहरुको थालनी गरिए अनुसार धार्मिक क्षेत्रहरुलाईमा पनि सरसफाई  गरिएको बिश्व सरसफाई दिबस तथा हरियाली संस्थाका अध्यक्ष एल. एन. दवाडीले जानकारी दिनुभयो । दाउन्ने मन्दिर क्षेत्र यस जिल्लाकै प्रसिद्ध धार्मिक  क्षेत्रको रुपमा रहेको छ ।

    सरसफाई संगै यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटन भित्राउनका लागि यसको प्रचार प्रसार समेत गरिने अर्का युवा अभियान्ता सुधन लम्सालले बताउनुभयो ।

    साथै आगामी दिनहरुमा यस्ता खालका अभियानहरु निरन्तर गरिने अभियान्ता सन्देश घिमिरेले बताउनुभयो । कार्यक्रममा नवलपुर क्षेत्रका करिब ५० जना युवा अभियान्ताहरुको सहभागी रहेको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast