आईतवार, श्रावन ५, २०७६
    खेल संसार

    लण्डन विम्बल्डन टेनिसः नाडाल र फेडेरर चौथो चरणमा प्रवेश

    आईतवार, २२ आषाढ २०७६, - सिन्ह्वा .

    लन्डन, २२ असार :

    ८ पटकका च्याम्पियन स्वीट्जरल्यान्डका रोजर फेडेरर र २ पटकका च्याम्पियन स्पेनका राफेल नाडाल लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् ।

    सैंतीस वर्षीय फेडेररले फ्रान्सका लुकास पौलीलाई ७–५, ६–२, ७–६९४० को सोझो सेटमा पराजित गरेका थिए । ग्रान्डस्लाममा यो उनको व्यक्तिगत ३५०औं जित हो । ग्रान्डस्लामको इतिहासमा कुनै पनि खेलाडीले जितेको सर्वाधिक खेलसंख्या नै यही हो ।

    चौथो राउन्डमा फेडेररको भेट अब १७औं वरियताका इटालियन खेलाडी माटिओ बेरेटिनीसँग हुनेछ । 

    दोस्रो वरियताका नाडालले पनि फ्रान्सका जो विल्फ्रेड सोङ्गालाई ६–२, ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । विम्बल्डनमा नाडालको चौथो राउन्डमा प्रवेशको यो नवौं अवसर हो । अब नाडालको प्रतिस्पर्धा विना वरियताका पोर्चुगाली खेलाडी जोआ सोउसासँग हुनेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast