आईतवार, श्रावन ५, २०७६
    खेल संसार

    नेपाल भर्सेस मलेसिया : पूरा हाेला नेपालकाे फाइनल लक्ष्य ?

    आईतवार, २२ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २२ असार । 

    मलेसियामा जारी यू-१९ एशिया कप छनोटमा नेपाली टोली सोमबार घरेलु टोलीको सामना गर्दैछ । समूह ए को विजेता नेपाल फाइनल पुग्ने लक्ष्यसहित सेमिफाइनलमा घरेलु टोली मलेसियाको सामना गर्न लागेको हो । 

    क्वालालम्पुरस्थित किन्नारा ओभलमा खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुनेछ । मलेसिया समूह बीु को उपविजेता हो । नेपालले समूह चरणमा चीन र सिगांपुरमाथि जित निकालेको थियो । नेपाल र मलेसियाबीच अहिलेसम्म १० पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल नौ पटक विजयी हुँदा मलेसिया एक खेलमा मात्र विजयी भएको छ । 

    नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले टोली जितका लागि तयार रहेको बताएका छन् । पत्रकारसँगको कुराकानीमा रोहितले पहिलो लक्ष्य फाइनल र त्यसपछि उपाधि रहेको बताएका छन् । भोलि नै हुने अर्को सेमिफाइनलमा सिगांपुर र हङकङबीच प्रतिस्पर्धा हुनेछ। 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast