मंगलवार, मंसिर ३, २०७६
    ओएमजी Omg!

    मृत्युका सम्बन्धि १२ रोचक तथ्य, जसले तपाईंलाई अचम्मित बनाइदिन्छ

    आईतवार, २२ आषाढ २०७६, आहाखबर

    काठमाडाैं । जीवन अनिश्चित छ अनि मृत्य अवश्यम्भावी। जन्मेपछि मृत्यु हुन्छ भन्ने निश्चित हुँदाहुँदै पनि मृत्यु मानिसका लागि असह्य पीडाको कुरा हो। चिकित्सा क्षेत्रले मृत्युलाई प्रमाणित गर्ने केही आधारहरु तयार गरेको हुन्छ।

    तर, मृत्यु प्रमाणित गर्न स्वास्थ्यकर्मी वा चिकित्सकले परीक्षण गर्नैपर्छ भन्ने छैन। सामान्यतयास् पाँच मिनेटभन्दा बढी समयसम्म शारीरिक वा मानसिक प्रतिकृया नदेखिएमा व्यक्तिलाई मृत भनिन्छ।

    विशेष परिस्थितिमा बाहेक पाँच मिनेटभन्दा बढी समयसम्म कुनै पनि शारीरिक वा मानसिक प्रतिक्रिया नदेखिनुस नाडीको चाल, मुटुको धड्कन, सास तथा रक्तचाप मापन नहुनु आँखाको नानी ठुलो हुनु तथा कुनै प्रतिक्रिया नदेखिनुस इसिजीको रेखा सिधा हुनु जस्ता चिन्हले मृत्युको संकेत गर्छ। 

    मृत्युसँग जोडिएका केही रोचक तथ्य यहाँ प्रस्तुत गरेका छाैं, जुन तपाईंलाई थाहा नहुन सक् , जसबारे थाहा पाउँदा अचम्मित हुनुहुनेछ तपाईं ।

     १.  संसारमा हरेक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गर्दछन् ।

    २. न्यूयोर्क शहरमा प्राकृतिक मृत्युले भन्दा आत्महत्याले धेरैको ज्यान लिने गरेको छ ।

    ३. दायाँ हातले काम गर्ने मानिसभन्दा बायाँ हातले काम गर्ने मानिसको तीन वर्ष पहिले मृत्यु हुन्छ ।

    ४. शार्कको हमलाले मृत्यु हुने तुलनामा नरिवलको गट्टा टाउकोमा खसेपछि मृत्यु हुने सम्भावना अत्यधिक हुन्छ ।

    ५. अमेरिकामा रक्सी पिएको एक ड्राइभरले हरेक घण्टा १ व्यक्तिको हत्या गर्दछ ।

    ६. सगरमाथामा २ सय भन्दा बढिको शव रहेको छ ।

    ७. शार्कले हरेक वर्ष १२ जनाको ज्यान लिन्छ जबकी मानिसले हरेक घण्टा ११ हजार ४ सय १७ वटा शार्कलाई मार्दछ ।

    ८. सन् १९२३ मा जन्मिएका सबै सोभियत पुरुषमध्ये ८० प्रतिशत दोस्रो विश्व युद्धमा मारिएका थिए ।

    ९. हरेक ९० सेकेन्डमा एक महिलाको गर्भावस्था वा प्रसव पिडाको क्रममा मृत्यु हुन्छ ।

    १०. हरेक वर्ष करिब ६ सय अमेरिकीको मृत्यु खाटबाट लडेका कारण हुने गर्दछ ।

    ११. संसारभरी करिब २० हजार बच्चाको हरेक दिन गरिबीका कारण मृत्यु हुन्छ ।

    १२. संसारभरी हरेक वर्ष करिब ४ लाख ४० हजार मानिसहरुको चिकित्सा त्रुटिका कारण मृत्यु हुन्छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast