बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    अवकाश प्राप्त कर्मचारीलाई उपचार खर्च दिने प्रावधान हटाउन सरकारलाई निर्देशन

    आईतवार, २२ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २२ असार 

    संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले अवकाश पाएका कर्मचारीहरुलाई उपचार खर्च उपलब्ध गराउने प्रावधान सो विधेयकबाट तत्काल हटाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको  छ ।

    गलत सन्देश दिने गरी आएको प्रावधान विधेयकबाट तत्काल हटाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी  दिनु भयो । समितिले कर्मचारीहरुको संख्या नबढाउन तर सेवा, सुविधा थप गर्न पनि सरकारलाई सचेत गराएको छ ।

    विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यहरुले अवकाश पाएका वा बहालवाला कर्मचारीहरुलाई पनि उपचार खर्च उपलब्ध गराउने प्रावधानप्रति आपत्ति जनाएका थिए । समितिका सदस्य एवम् काँग्रेस सांसद डा. डिला संग्रौलाले अवकाश पाएका कर्मचारीहरुलाई विरामी खर्च उपलब्ध गराउने सरकारको प्रस्ताव युक्ति संगत, तर्क सम्मत र न्यायसम्मत नभएकाले पनि मान्य नहुने बताउनुभयो ।

    यस्तै, सत्तारुढ सांसद पम्फा भुसालले कर्मचारीहरुलाई तालिमलगायतका व्यवस्था गरेर दक्ष बनाउनुपर्ने तर अवकाश पाएका कर्मचारीहरुलाई पनि उपचार खर्च दिने काम नगर्न सरकारलाई सचेत गराउनुभयो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast