बिहिवार, मंसिर १९, २०७६
    कृषि-उर्जा

    सरकारले किन ढाँट्यो? कृषिमन्त्री भन्छन्- विषादी जाँच्ने प्रयोगशाला ६ वटै प्रदेशमा छ

    आईतवार, २२ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २२ असार ।

    सरकारले पूर्वाधार अभावमा भारत र तेस्रो मुलुकबाट आउने तरकारी र फलफूलको विषादी परीक्षा रोक्नु परेको बताइरहेका बेला कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले विषादी परीक्षण प्रयोगशाला रहेको बताएका छन्।

    मन्त्री खनालले सातमध्ये ६ वटा प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको खुलासा गरेका हुन् । ‘कर्णालीबाहेक सबै ६ वटा प्रदेशमा एक–एकवटा विषादी परीक्षण केन्द्र छ। एक नम्बरको विर्तामोड, २ को सर्लाली, ३ कालिमाटी, गण्डकीको  पोखरा, पाँच नम्बरको बुटवल र सात नम्बरको २ ठाउँमा छ’, उनले भने, ‘भारतबाट आउने तरकारी र फलफूल ती सबै प्रयोगशालामा परीक्षण भइरहेको थियो। तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले किन रोक्यो मैले केही भन्न सक्दिनँ।’

    मन्त्री खनालले कालिमाटीमा रहेको अन्तर्राष्ट्रियस्तरको केन्द्रीय ल्याबले २९ वटा विषादी परीक्षण गरिरहेको पनि उनले जानकारी दिए। ‘हामीसँग अन्तर्राष्ट्रिय मापदण्डका प्रयोगशालाका छन्। भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षणको निर्णय राजपत्रमा प्रकाशित भएपछि मैले काम थालेका हुँ’, उनले भने, ‘फेरि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परीक्षण रोक्न क्याबिनेटमा प्रस्ताव लगेपछि किन रोकियो रु म जान्दिनँ।’

    नेपालबाट भारततर्फ जाने तरकारी र फलफूल कोलकाता र लखनउ लगेर अहिले पनि विषादी परीक्षण भइरहेको बताउँदै उनले नेपालमा त केही किलोमिटरको दुरीमा विषादी परीक्षणस्थल रहेको बताए । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast