आईतवार, श्रावन ५, २०७६
    खेल संसार

    माग्यारी मेडलसँगको झगडापछि पहिलो हाफमै मेस्सीलाई रातो कार्ड, ब्राजिललाई जिताउने चलखेल भएकाे दाबी

    आईतवार, २२ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २२ असार ।

    विश्व चर्चित अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीले राताे कार्ड पाएका छन् । कोपा अमेरिका अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा मेस्सीले रातो कार्ड पाएका हुन् ।

    याे उनकाे करियरकाे दाेस्राे राताे कार्ड हाे । तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको थियो । चिली विरुद्धको खेलमा माग्यारी मेडलसँगको झगडापछि पहिलो हाफ नै रातो कार्ड पाएका मेस्सी खेल सकिएपछि पदक लगाउन मैदानमा गएनन् ।

    चिलीसँगको खेलमा मेस्सीले खेलको ३७ औं मिनेटमा रातो कार्ड पाएपछि उनको करियरमा दोस्रो रातो कार्ड बनेको हो । उनले यसअघि पहिलो रातो कार्ड अर्जेन्टिनबाट डेब्यु गरेकै खेलमा पाएका थिए । सन् २००५ मा मार्च महिनामा भएको हंगेरीविरुद्धको खेलमा पाएका थिए ।

    यो संस्करणको कोपा अमेरिका ब्राजिललाई जिताउने प्रपञ्च भएको समेत बताएका छन् । ‘ब्राजिललाई जिताउने खेल भइरहेको छ, कुनै शंका छैन,’ मेस्सीले भने ‘म यो भ्रष्टाचारको भागिदार हुन चाहन्न । म सँधै साँचो बोल्छु, इमान्दार छु, त्यसै कारण म शान्त पनि छु ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast