शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    विप्लव समूहद्वारा अछामका १२ वडा कार्यालयमा तालाबन्दी

    आईतवार, २२ आषाढ २०७६, आहाखबर

    काठमाडाैं, २२ असार ।

    अछामका १२ वटा वडा कार्यालयमा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तालाबन्दी गरेको छ।

    पार्टीको सेती महाकाली ब्युरोका नाममा बिभिन्न स्थानीय तहका वडाहरुमा तालाबन्दी गरिएको हो।

     

    मंगलसेन नगरपालिकाको वडा नम्बर(१ कुन्ती, १३ बस्ती, ढकारी गाउँपालिकाको वडा नम्बर(२ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर(२ भुलु र ७ तोषी, पञ्चदेवल विनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर(३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको हाे ।

    मंगलसेन नगरपालिका-१ का वडाध्यक्ष गोपाल थापाले कार्यलयको ताला तोडेर छुट्टै ताला लगाइएको जानकारी दिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast