बुधबार, असोज १, २०७६
    शेयर बजार

    पूँजी बजार बहस

    “शेयर बजारमा ‘बटम’ लागिसक्यो, नेप्सेले छिट्टै १८०० को आँकडा ‘ब्रेक’ गर्छ !”

    आईतवार, २२ आषाढ २०७६, - आर्थिक डेस्क, आहाखबर .

    बिष्णु प्रसाद बस्याल 
    शेयर बजार विश्लेषक 

    काठमाडौं, २२ असार । 

    नेपालको शेयर बजारमा अहिले केही आशाको किरण देखा पर्दै छ । यसअघि मार्च महिनाको पहिलो सातामा ११०० बिन्दुमा पुगेर नेप्सेले बटम लगाएको हो । त्यस्तै, मई महिनाको अन्तिममा नेप्से १३५० को आँकडालाई छुँदै आफ्नो उच्च बिन्दुमा पुगेको थियो । 

    तसर्थ अहिले समग्रमा हेर्दा बजारको यो नै बुलिश ट्रेण्ड हो । यस तथ्यलाई बुझेर लगानीकर्ता अघि बढ्दा फरक पर्ने अवस्था देखिदैन । 

    हाल नेपाली शेयर बजार नेप्से १२५० को बिन्दु वरपर हिडिरहेको अवस्था छ ।

    फाइल तस्वीर /आहा खबर डटकम 

    अहिले भनेको कतिपय लगानीकर्ताले आफ्नो नाफा बुक गरेका कारण बजार केही उतारचढाव देख्न सकिन्छ । जसलाई प्राविधिक भाषामा ‘रिफ्रेशमेण्ट’ भन्न सकिन्छ ।

    जुनसुकै पनि बजारमा लगानीकर्ताले ‘प्रोफिट बुकिंग’ गरेपश्चात केही ‘करेक्शन’ हुनु स्वभाविक नै मानिन्छ । हो त्यही नै भइरहेको छ अहिले नेपालको शेयर बजारमा । 

    अहिले भनेको कतिपय लगानीकर्ताले आफ्नो नाफा बुक गरेका कारण बजार केही उतारचढाव देख्न सकिन्छ । जसलाई प्राविधिक भाषामा ‘रिफ्रेशमेण्ट’ भन्न सकिन्छ । जुनसुकै पनि बजारमा लगानीकर्ताले ‘प्रोफिट बुकिंग’ गरेपश्चात केही ‘करेक्शन’ हुनु स्वभाविक नै मानिन्छ ।

    यही अवस्था रहेको खण्डमा नेप्सेले सन् २०१९ सालको अन्तसम्ममा १८०० को आँकडालाई ब्रेक गर्ने प्रक्षेपण गर्न सकिन्छ । 

    त्यस्तै, सामान्य अवस्था रहेको खण्डमा नेप्से अगामी ६ महिनादेखि १ वर्षसम्म १८०० अंकको वरिपरि र त्यसपछि केही करेक्शन भएर फेरि माथि चढ्ने संभावना देखिन्छ । 

     

    अपनाउनुपर्ने सावधानी

    अहिलेको अवस्थामा माइक्रोफाइनान्स र इन्सुरेन्स कम्पनीहरुको मुल्य खस्किएको देख्न सकिन्छ । आगामी दिनमा यो क्रम निरन्तर रहने अवस्था देखिन्छ ।

    किनभने यिनीहरु पहिले नै ‘ओभर भ्यालूड’ छन् । 

    त्यस्तै, हाइड्रोपावरहरुमा लगानी गर्ने विषयमा निकै सचेत हुन आवश्यक छ । किनकि पहिला-पहिला जस्तो अब हाइड्रो सेक्टरमा उति आकर्षण रहेन ।  

     

    गृहकार्य अपरिहार्य 

    नाफा कमाउन त्यति सजिलो छैन । गृहकार्य चाहिएन ? बजारमा आफ्नो पैसा लगाउनुपूर्व लगानीकर्ता आफैले पनि कम्पनीको समग्र पर्फमेन्स्का बारे जानकारी राख्नुपर्यो ।

    फाइल तस्वीर /आहा खबर डटकम  

    यदी त्यसो गर्न सकिदैन भने कुनै जानकार व्यक्तिलाई गुहानुपर्यो । 

    अहिलेको अवस्थामा इन्टरनेटमार्फत कम्पनीको वित्तिय अवस्था बारे बिभिन्न तथ्यांकहरु भेट्न सकिन्छ । त्यस्तै, तालिमका लागि समेत बिभिन्न स्थानहरु खुलिसकेका छन् । 

    शेयर बजार रिस्क त हो तर यो पूर्णरुपमा रिस्क नभएर क्यालकुलेटेड रिस्क हो । घट्नु वा बढ्नु पूँजी बजारको विशेषता नै भएकाले त्यसबाट तुरुन्तै अत्तालिन केही आवश्यक छैन ।

    शेयर खरीद गर्नुपूर्व इपिएस (अर्निंग पर शेयर) ग्रोथको बारे पनि लगानीकर्ता जानकार रहनुपर्छ । आफूले खरिद गर्न लागेको कम्पनीको भविष्य बुझेर मात्र अघि बढ्नुपर्छ । 
    त्यस्तै, लगानीकर्तामा स्टक होल्डिंग क्यापासिटी पनि हुनुपर्यो । 

     

    लगानीको आकर्षण

    आगामी दिनमा कमर्शियल बैंक, विकास बैंक होटल तथा टे«डिंग कम्पनीका स्टकहरुमा थप आकर्षण बढ्ने निश्चितप्रायः छ । यी बाहेकका अन्य क्षेत्रमा केहीलाई छाडेर त्यति राम्रो पर्फमेन्स् हुने अवस्था देखिदैन । 
     

    शेयर बजार रिस्क त हो तर यो पूर्णरुपमा रिस्क नभएर क्यालकुलेटेड रिस्क हो । घट्नु वा बढ्नु पूँजी बजारको विशेषता नै भएकाले त्यसबाट तुरुन्तै अत्तालिन केही आवश्यक छैन । सावधानीपूर्वक लगानी गर्न जाने बजारबाट कमाउन सकिन्छ । 

     

    (विश्लेषक बस्यालसँगको कुराकानीमा आधारित )

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast