बिहिवार, कार्तिक २८, २०७६
    कला-सौन्दर्य

    तीन वर्ष लभ थियो तर अहिले छैनः गायिका मनु

    आईतवार, २२ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २२ असार । 
    गायिका मनु थामी तीन वर्षदेखि गीत संगित क्षेत्रमा संघर्ष गर्दैछिन् । संगितका डुबेर अगाडि बढ्न कोसिस गरिरहेकी मनु गहिराईमा पुग्न अझै केही समय लाग्ने बताउँछिन् । उनी भन्छिन् ‘भर्खर तैरदै छु । गहिराइमा पुग्नु त अझै समय लाग्छ । उनले हालसम्म करिव ३० वटा गीत गाइसकेकी छिन् । त्यसमध्ये सुनैको सिरिमिरी गीत आफूलाई बहुत मनपर्ने उनले बताइन । 

     

    मैले रोजेको पाउन सकिनँ । अब आमाले रोजेको केटासँग बिहे गर्छु ।

     

    गीत संगितका गाह्रो भएपनि छाडेर कतै नजाने उनले बताइन । बिहेपछि त गाह्रो होला नि भन्ने प्रश्नमा उनले भनिन् ‘अब त्यो त बिहेपछि नै थाहा होला ।’ 

    उनलाई लोकदोहोरी गीत असाध्यै मनपर्छ । उनी भन्छिन् ‘गाउँघरमा मेलापात, घास दाउरा गर्दा होस या बिहे ब्रतबन्धमा गाइने लोकल भाका नै लोकदोहोरी हो । एकले अर्कालाई जवाफ फर्काउने भएकाले यहाँ माया र ममताको कुरा पनि आउँछ ।’

    माया जसले जसलाई पनि गर्न सकिने उनको तर्क छ । उनले भनिन् ‘आमाबुबा, दाजुभाइ, दिदीबहिनीलगायतलाई माया गरिन्छ । माया मनैदेखि उजागर हुन्छ ।’ 

    प्रेमीसँगको मायामा पनि हुनुहुन्न भन्ने प्रश्नमा उनले हाँस्दै भनिन् ‘तीन वर्ष थियो तर अहिले छैन ।’ 

    करिअर र समुदायको चिन्तामा भएकाले अर्को लभबारे नसोचेको उनी बताउँछिन् । उनी भन्छिन् ‘मैले रोजेको पाउन सकिनँ । अब आमाले रोजेको केटासँग बिहे गर्छु ।’ आफू अहिलेसम्म कुमारी नै रहेको उनले बताइन ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast