सोमबार, भाद्र २, २०७६
    मुभी-थिएटर

    कंगना रानाउतको फिल्म धाकडको पोस्टर सार्वजनिक, हातमा देखियो स्नाइपर गन, करण जोहरसँग टक्कर ?

    शनिबार, २१ आषाढ २०७६, आहाखबर

    मुम्बई, एजेन्सीहरु 

    २१ असार । 

    चर्चित बलिउड नायिका कंगना रानाउत पछिल्लो समयमा लगातार आफ्नो सिनेमाका लागि ब्यस्त रहन थालेकी छिन् ।

    बुधवार उनको फिल्म जजमेन्टल है क्या को ट्रेलर रिलीज गरिएलगत्तै शनिबार फेरि उनको आगामी फिल्म धाकडको  फष्र्ट लुक जारी भएको छ । 

    पोस्टरमा कंगना आफ्नो दुवै हातमा स्पाइनर गन समातेर देखिएकी छिन् । 

    जसमा उनको लुक हेर्दा फिल्म जबरजस्त एक्शनले भरिपूर्ण छ । यस फिल्मको फष्र्ट लुक पोष्टरलाई बलिउड क्रिटिक तरण आदर्शले आफ्नो ट्विटर ह्याण्डलमार्फत शेयर गरेका थिए । 


    रणभूमि भर्सेस् धाकड

    धाकड एक एक्शन थ्रिलर फिल्म रहेको पोष्टरबाटै प्रष्ट हुन्छ । जसको निर्देशन विज्ञापन निर्माता रजनीश घईले गर्दैछन् भने निर्माता सोहेल मकलई रहेका छन् ।

    आगामी वर्षको तिहारमा रिलिज हुने धाडकले वरुण धवन स्टारर फिल्म रणभूमिसँग सिनेमा हलमा प्रतिश्पर्धा गर्ने भएको छ । 

    रमाइलो कुरा के भने रणभूमिका निर्माता करण जोहर रहेका छन् जसले यसअघि नै सन्  २०२० को दिपावलीमा फिल्म रिलिज गर्ने घोषणा गरेका छन् ।

     

    व्यस्त छिन् कंगना

    यस समय कंगना एकैसाथ बिभिन्न  प्रोजेक्टमा काम गरिरहेकी छिन् ।  उनको फिल्म जजमेन्टल यही २६ जुलाईमा रिलीज हुँदैछ ।

    यसका साथै कंगना अश्विनी अय्यरको फिल्म पंगाको शूटिंगमा व्यस्त छिन् ।

    जसमा उनी कबड्डी खिलाडीको रोल मा देखिनेछिन् ।

    यसपछि उनी  सेप्टेम्बरमा नेतृ जयललिताको बायोपिकको शूटिंगमा ब्यस्त हुँदैछिन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast