बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण शुरु

    शनिबार, २१ आषाढ २०७६, आहाखबर

    नेपालगञ्ज, २१ असार

    बाँकेको डुडुवा गाउँपालिकाले आजबाट अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण शुरु गरेको छ । अपाङ्गता अधिकार ऐन २०७४ अनुसार स्थानीय तहलाई अपाङ्गता परिचयपत्र वितरण गर्न दिएको अधिकारअन्तर्गत गाउँपालिकाले परिचयपत्र वितरण शुरु गरेको हो ।
     
    गाउँपालिका उपाध्यक्ष साहिदा बानोको संयोजकत्वमा गठित ११ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपाङ्गता भएका व्यक्तिहरुको स्तर र गम्भीरता पहिचान गरी परिचयपत्र वितरण गरिएको छ । 

    समितिको निर्णयअनुसार पहिलो चरणमा १४ जनालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताउनुभयो । उहाँका अनुसार ‘ख’ र ‘ग’ श्रेणीका ६÷६ र ‘घ’ श्रेणीका दुई जनालाई परिचयपत्र वितरण गरिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast