सोमबार, भाद्र २, २०७६
    अावास-निर्माण

    १८ वर्षदेखि पुनःनिर्माणको पर्खाइमा बार्जुकोट दरबार, कुँडीकोट संरक्षणको अभाव

    शनिबार, २१ आषाढ २०७६, –प्रेम रौले.

    मार्तडी २१, असार

    जिल्लाको बूढीगङ्गा नगरपालिका–४ कोटमा रहेको बार्जुकोट दरबार भग्नावशेषका रुपमा रहेको छ । दश वर्षे जनयुद्ध शुरु भएको समयमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का कार्यकर्ताले दरबार आगजनी गरेको १८ वर्ष वितिसक्दा पनि पुनःनिर्माण हुन नसकेको दरबार हकवाला राजेन्द्रबहादुर शाह बताउनुहुन्छ । 

    विसं २०५७ भदौ २२ गते माओवादीका कार्यकर्ता आएर आगजनी गरेको लामो समय बित्दा पनि पुनःनिर्माण हुन नसकेको शाहको भनाइ छ । ऐतिहासिक दरबारको भग्नावशेष मात्र रहेकाले आन्तरिक रुपमा हेर्न जाने पर्यटक समेत निराश भएर फर्किने अवस्था छ ।

    पर्यटकीय रुपमा स्थापित गर्नका लागि नगरपालिकाले सङ्ग्रहालय निर्माण कार्य गर्न जरुरी रहेको स्थानीयवासीको भनाइ छ । बार्जुकोट दरबारलाई पुनःनिर्माण गरी पर्यटकीय रुपमा प्रचारप्रसार गरे दरबारको संरक्षण र प्रवद्र्धन हुने स्थानीय अगुवा मोहन नेपालीले बताउनुभयो । दरबारमा बाइसे चौबिसे राज्य हँुदा उक्त दरबारका राजाले सो क्षेत्रको जनतामा शासन चलाउँदै आएको बताइएको छ । 

    ऐतिहासिक दरबारको भग्नावशेष मात्र रहेकाले आन्तरिक रुपमा हेर्न जाने पर्यटक समेत निराश भएर फर्किने अवस्था छ ।

    जिल्लाका प्रख्यात दरबार द्वन्द्वकालमा जलाइएको १८ वर्ष बित्दा पनि पुनः निर्माण नहुँदा यसको प्रचारप्रसार हुन नसकेको अगुवा नेपालीको भनाइ छ । बाइसे चौबिसे राज्य चलाउँदै आएका जुगाडी राजा, कुडिकोट राजा र बार्जुकोटे राजाको शासनका चल्ने गरेको बूढीगङ्गा नगरपालिका–३ का ७५ वर्षीय बुद्धनरबहादुर रौलेले बताउनुभयो ।
     
    राज्य सञ्चालनका बेला बार्जुकोटमा आउने जानेको लर्काे लाग्ने भए पनि अहिले दरबारसमेत नरहँदा दुःख लागेको रौलेको भनाइ छ । उहाँले स्थानीय  तहको निर्वाचनपछि नगरपालिकाले नै यसको संरक्षण संवद्र्धन तथा प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । 

    बूढीगङ्गा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले बार्जुकोट दरबारको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय क्षेत्रमा स्थापित गर्न थालेको बताउनुभयो । नगरपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण संवद्र्धन तथा प्रवद्र्धन गर्दै उनीहरुलाई पर्यटकीय रुपमा लैजाने गरी योजना बनाउन थालेको नगर प्रमुख शाहले जानकारी दिनुभयो ।
     
    बार्जुकोट दरबार मात्र नभइ यो नगरपालिकाको १ देखि ९ वटै वडामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गर्दै संरक्षण र संवद्र्धन गर्दै लैजाने नगर प्रमुख शाहको भनाइ छ । बार्जुकोट दरबारमा संग्रहालय बनाउन प्रदेश र सङ्घ सरकारसँग समन्वय गरी आवश्यक बजेटका लागि पहल गर्ने शाहले वाचा दिनुभयो ।
     
    कुँडीकोट संरक्षणको अभाव 

    बूढीगङ्गा नगरपालिका–१ मा रहेको कुँडीको दरबार जीर्ण बन्दै गएको छ । बार्जकोट दरबारले उक्त क्षेत्रमा राज्य सञ्चालन गर्न बनाएको दरबार अहिले संरक्षणको अभावका कारण जीर्ण बन्दै गएको स्थानीयवासीले बताएका छन् । 

    दरबारका मुख्य हकदार राजेशकुमार सिंह सोही नगरपालिका–१ का वडा अध्यक्षसमेत रहेका छन् । उहाँका बुबाले राज्य सञ्चालन गरेको भए पनि उहाँले नै दरबार छोडेर गाउँ बस्न थालेपछि जीर्ण बन्दै गएको बताइएको छ । 

    हरेक वर्ष दरबारमा दशमीको दिन राँगा बोका काट्ने र रातभरी मेला लाग्ने भए पनि दरबारको भने संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो । रातभरी लाग्ने मेलामा खप्तड खेडेदह, त्रिवेणीलगायतका क्षेत्रका स्थानीयवासी जात्रा हेर्न आउने गर्छन् । 

    दरबारको अवलोकन गर्न र अवस्था बुझ्नका लागि उक्त क्षेत्रमा लाग्ने जात्रा हेर्नको घुइँचो लाग्ने गर्छ ।  हरेक वर्ष मेला पर्व मनाउने गरेको भए पनि दरबार भने संरक्षणको अभावमा रहेको स्थानीय समाजसेवी गोकुलबहादुर सिंहले बताउनुभयो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast