आईतवार, भाद्र २९, २०७६
    लेख/संवाद

    भिमदत्त पन्त, राणाहरुको अत्याचार र इतिहासका जीवित योद्धा 'अमरसिँह'

    शनिबार, २१ आषाढ २०७६, - कृष्ण बोहरा यात्री .

    असार २१ । 

    ‘कि त जोत हलो कि त छाड थलो
    होइन भने अब छैन भलो
    अबता कोही छैन सानो, ठूलो’
     

    वि. सं १९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा सरस्वती देवी पन्त र ताराकान्त पन्तका छोरा जन्मिए । तिनै छोराको नाम थियो भिमदत्त पन्त । अर्थात इतिहासले भूलिसकेका विद्रोही पात्र । सुदुर पश्चिमको नाम जस्तै इतिहासका पत्रबाट दुर पुर्याईएका एक क्रान्तिकारी ।

    माथि उल्लेखित गीत कुनै समय सदुरपश्चिमवासीको मन्त्र थियो । राणाको अत्याचार निरकंशुताका विरुद्ध जनता संगठित गर्न पन्तले यो गीत रचना गरेका थिए ।

    राणाहरुको अत्याचार र तिनले राखेका ठालू, शोसकबाट आजित भएर क्रान्ति गर्दैगर्दा बोलिएको गीत थियो । 

    स्वतन्त्र जीवनको अनुभूत गर्दै गर्दा देशको शासन व्यवस्थाले भने कोल्टे फेर्दै थियो । चुरे क्षेत्रका हरेक गाउँमा भिमदत्त पन्तका सेना हुन्थे । ती सेनाहरु जनमुक्तिको लागि भन्दै गाउँलेलाई संगठित पार्थे ।

    जनता जागरुक भएनन भने मुक्ति सम्भव छैन भन्ने तथ्य बुझेका पन्तले सुदूरपश्चिममा विद्यालय खोल्ने अभियान चलाए ।

    ∞∞∞ 

    मुलुकमा राणाहरुको कालो शासनको थियो । यही समयमा अमरसिंह कार्कीका पुर्खा पूर्वबाट पश्चिमको यात्रामा लागे । ‘यायावर’ जिन्दगी बाँच्दै गाइभैँसीसँगै उनीहरु सुदुरपश्चिम महाभारत श्रङ्खला भन्दा तल चुरे छेत्रमा आइपुगे । 
     

    डोटीको घाँगलबाट पश्चिम लाग्दा कैलालीको सहजपुर पुगे । डडेल्धुराको पल्गढी पुगे । त्यहाँबाट फेरि कैलालीको बाउनपानी बसाइँ सरे । जहाँ पुगे पनि उनीहरुको पेशा भने पशुपालन नै हुन्थ्यो ।  जीवन बाँच्ने उनीहरुको यो स्वतन्त्र तरिका थियो । स्वच्छन्द तरिका थियो । 

    भिमदत्तको सेनामा भएपछि उनी हतियार बोकेर पश्चिममा लुलालदेखि पूर्वको बोगटानसम्म पुगे । उत्तरको मलासदेखि दक्षिमा भारतको सीमानासम्म पुगे । चुरेका दुन र पर्वतका श्रङ्खला चाहारे । कन्चनपुरको बेलौरी पुगे । जोगबुडा पुगे । राज्य सरकार भिमदत्तको क्रान्तिलाई दबाउन दिलो ज्यानले लागेको थियो ।

    स्वतन्त्र जीवनको अनुभूत गर्दै गर्दा देशको शासन व्यवस्थाले भने कोल्टे फेर्दै थियो । चुरे क्षेत्रका हरेक गाउँमा भिमदत्त पन्तका सेना हुन्थे । ती सेनाहरु जनमुक्तिको लागि भन्दै गाउँलेलाई संगठित पार्थे ।

    यस्तै क्रममा भिमदत्तको सेनासँग जोडिन पुगे अमरसिहँ कार्की । वि.स १९९८ मा जन्मिएका कार्की भिमदत्तको सेनामा जोडिने समयमा युवा थिए । सेनामा भर्ति हुँदाको आफ्नो ठ्याक्कै उमेर उनी आज सम्झ्नि सक्दैनन् ।  
     

    सुदूरपश्चिम भिमदत्तमय भएको त्यस समयको सम्झना गर्दै कार्की भन्छन, ‘त्यतिखेरको माहोलै त्यस्तो । युवा जति सबै भिमदत्तका सेना हुन्थे ।’

    युवा जोश र क्रान्तिको रापले तात्तिएर उनी पनि भिमदत्तको सेनामा सामेल भए ।

    २००७ सालको क्रान्तिले राणाको जहानिया शासनको जरा उखेले पनि त्यसका केही अवशेष बाँकी थिए । त्यसले छोडेका संस्कार र आदत जिउँदै थिए । तिनै आदत र संस्कारलाई निमिट्यान्न पार्न भिमदत्तले गरेको क्रान्तिमा उनी सेनाको रुपमा सामmे भए । 

    जमिन्दारले अत्याचार गर्थे । ठालूले जनताको हुर्मत नै लिन्थे । भिमदत्तले तिनै जमिनदार र ठालूको हुर्मत लिन्थे । त्यतिखेर न्याय माग्न जाने ठाउँ भनेको नै भीमदत्त थिए । किसानका लागि त उनी भगवान नै थिए ।

    २००७ सालमा जनताको अधिकार सुनिश्चितताको निम्ति भएको क्रान्तिले केही परिवर्तन ल्याएको त थियो । तर दुर–दराजका जनताले भोग्ने समस्या उस्तै थिए । सामन्ती व्यवस्थाले लामो समय लगाएर स्थापित गरेका संरचनागत प्रणाली र प्रथाका जरा उस्तै गरि बलियो थिए ।

    भिमदत्तको सेनामा भएपछि उनी हतियार बोकेर पश्चिममा लुलालदेखि पूर्वको बोगटानसम्म पुगे । उत्तरको मलासदेखि दक्षिमा भारतको सीमानासम्म पुगे । चुरेका दुन र पर्वतका श्रङ्खला चाहारे । कन्चनपुरको बेलौरी पुगे । जोगबुडा पुगे । राज्य सरकार भिमदत्तको क्रान्तिलाई दबाउन दिलो ज्यानले लागेको थियो । उनी त्यो समय सम्झदै लामो सुस्केरा हाल्छन ।

    निधारमा आएका पसिना काँधमा भिरेको रुमालले पुच्छन र, भन्न थाल्छन, ‘तत्कालिन कङ्ग्रेसले दिल्लीमा गरेको सम्झौतालाई धोका हो भन्थे भिमदत्त । त्यसैले त उनले आन्दोलनको अन्त्यपछि पनि हतियार सरकारलाई बुझाएनन् तब राणा र कङ्ग्रेसको संयुक्त सरकारले उनलाई आतंकवादी भन्यो ।’ उनी आफ्नो पुरानो विगत र इतिहास सम्झन पुग्छन ।

    उनको सम्झना पनि उनी जस्तै बुढो हुँदै गएको छ । धेरै कुरा त उनले विर्सिसकेका छन । तर, भुलेका छैनन भिमदत्तका काम  । ‘जमिन्दारले अत्याचार गर्थे । ठालूले जनताको हुर्मत नै लिन्थे । भिमदत्तले तिनै जमिनदार र ठालूको हुर्मत लिन्थे । त्यतिखेर न्याय माग्न जाने ठाउँ भनेको नै भीमदत्त थिए । किसानका लागि त उनी भगवान नै थिए ।’ उनलाई भिमदत्तप्रति अगाध विश्वास थियो । 

     

    भिमदत्तसँगको त्यो अन्तिम संवाद

    ‘कालोकालो अनुहारका, लामा कपाल भएका, हँसिला, जोशीला थिए भिमदत्त ।” उनी भिमदत्तको स्वरुप सम्झन्छन । 
     

    भिमदत्त पन्तसँग उनको अन्तिम भेट कञ्चनपुरको बेलोरी कारागारमा भएको हो । मीति सम्झना छेन् । तर, चैतको महिना थियो । भिमदत्तले जेलबाटै कार्कीलाई भनेका थिए, – म असारमा जेलबाट स्किनेछु । तीन महिनाका लागि जेलमा छु । म जेलबाट फुत्किएपछि भेट गरौँला । के गर्नुपर्छ सल्लाह गरौँला ।

    ‘२००७ सालको क्रान्तिमा भीमदत्तले हातमा खोपेर रगतको सहिछाप लगाएर सेठबाट सम्पत्ती लिएको तमसुक बनाउँथे ।’ कार्कीले भने । त्यसरी लिएको सम्पत्तीले उनी बाटो बनाउँथे । गरिबलाई बाँड्थे ।  

    ‘होइन होइन यो सरकार गरीबको साथी गरीबको चोक्टा खाने यो हो सरकार गिद्ध जाति’ लयात्मक गीत गाउँदै कार्की हाँस्छन र भन्छन्, ‘भीमदत्त यै गीत गाउँथे ।’
    भूगोलमा नेपालभित्रै परेपनि आज पनि सुदुरपश्चिम राज्यको केन्द्रबाट टाढा छ । यसैकारणले हुनुपर्छ वि. सं. २००७ साल फागुन सात गते त्रिभूवनले काङ्ग्रेसको मुक्ति सेनालाई रक्षादलमा समायोजन गर्ने निर्णय गरे पनि सुदूरपश्चिममा भिमदत्तले नेतृत्व गरेको सेनाको कुनै पनि सुनुवाइ नै नगरेकोमा भने कार्कीको गुनासो छ । यो गुनासो उनी जस्तै बुढो भईसक्यो ।

    आफ्नो विगत सम्झिदा अमरसिंह कार्की लौडीलाई चपक्क समात्छन । थरथर काँप्छन । निधार खुम्च्याउँछन र, आफ् गुरु, तथा नेता भिमदत्तको बारेमा भन्छन,‘राणा शासन व्यवस्था त फालिएको थियो तर त्यसले गाडेका जराहरुलाई फाल्न क्रान्तिको आवश्यकता थियो । भिमदत्त पन्त त्यही क्रान्तिको आवश्यकतालाई राम्रोसँग बुझेका बाउन थिए ।’ 

    भिमदत्त पन्तसँग उनको अन्तिम भेट कञ्चनपुरको बेलोरी कारागारमा भएको हो । मीति सम्झना छेन् । तर, चैतको महिना थियो । भिमदत्तले जेलबाटै कार्कीलाई भनेका थिए, – म असारमा जेलबाट स्किनेछु । तीन महिनाका लागि जेलमा छु । म जेलबाट फुत्किएपछि भेट गरौँला । के गर्नुपर्छ सल्लाह गरौँला ।’

     

    पुलिसले पक्रिदा 

    भिमदत्तको सेनामै रहेको समयमा उनलाई प्रहरीले पक्राउ गर्यो । डोटीको बाउँपानीबाट पक्राउ गरेर उडुङ्गा भन्ने गाउँमा लगियो । साँझपख खाँबोमा बाँधियो  । 

    बाँधेपछि ?  ‘गालामा पटाम्म...पटाम्म दुई चोटी हान्यो । त्यो हान्ने मान्छेको घडि नै फुटेर उछिट्टियो । पछि हान्न छाड्यो ।’

    त्यसपछि उनलाई खाँबोमै बाँधेको अवस्थामा छाडेर प्रहरी निदाए । त्यसपछि उनी भागे । उनी भागेको थाह पाएपछि पनि प्रहरीले गोली चलाउने प्रयास त गरेको हो । तर, उनको सौभाग्य प्रहरीको भरुवा बन्दुक पड्किएन् । डोटीबाट भागेका कार्की दैलेख पुगे ।

     

    धनगढी आक्रमणको त्यो प्रयास 

    सुदुरपश्चिमको आर्थिक केन्द्र मानिने धनगढी कब्जा गर्दा धेरै कुरा आफ्नो हातमा पर्छ भन्ने कुरा भिमदत्तले बुझेका थिए । त्यही भएर उनी आफ्नो सेना लगेर कैलालीको धनगढी कब्जा गर्न गए । कार्की पनि धनगढी आक्रमणको त्यो फौजमा सामेल थिए । 
     

    उनको समुहमाथि बडेहामा भारतीय र नेपाली सेनाले आक्रमण ग¥यो । कार्कीहरुको समुह हताहत भयो । ठूलो संख्यामा आएका भारतीय र नेपाली फौजको आक्रमणले भिमदत्तको सेनालाई ठूलो क्षति पुग्यो । नेपाली इतिहासमा भारतीय सेनाले नेपाली क्रान्तिकारीमाथि आक्रमण गरेको त्यो कालो दिन थियो भन्छन कार्की ।
     

    बडेहाको त्यो भिडन्तमा भीडन्तमा कार्कीेको कानमा बन्दुकको छर्रा लाग्यो । युद्ध र क्रान्तिको चिनो त्यही कानमा भएको दाग बाँकी छ उनीसँग । 

     

    जय जनताका प्रणेता

    विभिन्न समयमा कैदी जीवन भोगेका पन्तले २००७ सालको क्रान्तिमा सहभागिता जनाए । प्रजातन्त्रको आन्दोलनमा नेपाली जनता विजयी भएपछि पन्तलाई तत्कालिन सरकारले डडेल्धुरा जिल्लाको गभर्नर बनायो । 

    तर, पछि भिमदत्त पन्त कम्युनिष्ट बने । नेपाली कांग्रेस त्याग गरेपछि कांग्रेसले भन्ने ‘जय नेपाल’ शब्दको साटो उनी ‘जय जनता’ को प्रयोग गर्न थाले ।

    विभिन्न समयमा कैदी जीवन भोगेका पन्तले २००७ सालको क्रान्तिमा सहभागिता जनाए । प्रजातन्त्रको आन्दोलनमा नेपाली जनता विजयी भएपछि पन्तलाई तत्कालिन सरकारले डडेल्धुरा जिल्लाको गभर्नर बनायो । 

    पन्तले सुदुरपश्चिममा विभिन्न आन्दोलन चलाए । उनले चलाएका आन्दोलनमा ‘तमसुक च्यात’  र ‘नुन आन्दोलन’ प्रमुख आन्दोलन थिए । 

    नुन आन्दोलनका क्रममा उनले कञ्चनपुरको ब्रह्मदेव मण्डि(बजार)मा भएको नुन तेल र लत्ता कपडा गरिब जनतामा बाँडे । अर्थात उनले ब्रह्मदेव भन्सार कब्जा गरे । उनको कामबाट आजित भएका ठालूहरु र तिनका मतियारहरुले पन्तलाई मार्ने विभिन्न षडयन्त्र रच्न थाले । 

    यत्तिकैमा हमालजी मगरका घरमा खाना खाइरहेका पन्तलाई पक्राउ गरियो । र, उनकै मीत लालबहादुर थापालाई गोली हान्न लगाईयो । गोली लागेर ढलेका पन्तको टाउको छिनाले सिपाही भम्म्वा दियालले । 
     

    नेपाली किसान आन्दोलनको दियो निभेको यो दिन थियो वि. सं २०१० साल साउन १७ । कार्कीको स्मृतिमा यो मीति गहिरोसँग गढेको छ । 

     

    पञ्चायत, बहुदल, माओवादी र गणतन्त्र देखे 

    अठासी वर्षको उमेर उक्लँदै गरेका यी योद्धा आफूले बाँचेको समयप्रति सन्तुष्ट छन । ‘भिमदत्तको क्रान्ति देखेँ । भोगेँ । पञ्चायत शासन पनि देखेँ । बहुदल पनि देखेँ । माओवादीको क्रान्ति पनि देखेँ । अहिले गणतन्त्रमा पनि बाँचेकै छु ।’ उनको उमेरसँगै देशमा कयौँ पटक शासन व्यवस्था परिवर्तन भए ।

    समय र अनुभवका पत्र पत्र लुकेका छन् कार्कीका अनुहारमा परेका चाउरिभित्र । त्यसैले त उनी भन्छन, ‘मेरो उमेरका साथीहरु अब छैनन । म पनि कति बाँच्छु र ? मलाई आफ्नो जीवनप्रति कुनै गुनासो छैन ।’ 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast