मंगलवार, श्रावन ७, २०७६
    स्वाद/परिकार

    गर्मीका लागि एक उपयुक्त पेय लस्सी, घरमै यसरी बनाउनुहोस्

    शनिबार, २१ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २१ असार 

    गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि बढ्दै जान्छ । 

    दहीमा चिनी र आइस राखेर बनाइएको सम्मिश्रणयुक्त पेय धेरैको रोजाइमा पर्दछ । अझ यसलाई विशेष बनाउन मन लागे आँप केरा मिलाएर मिक्सचरमा ग्राइन्ड गर्न सकिन्छ ।

    बनाउने तरिका 

    गर्मीमा आँप सिधै धेरै खाँदा गर्मी गड्न सक्छ तर दहीमा मिसाएर लस्सी बनाएर खाँदा गर्मी कम हुनको साथै फाइदा पनि हुन्छ । लस्सी बनाउन आवश्यकता अनुसार आँप, ताजा दही, शख्खर अथवा चिनी चाहिन्छ।

    सबैभन्दा पहिला आँपको बोक्रा फालि आँपलाई मसिनो टुक्रामा काटने । त्यसपछि आँपलाई मिक्सरमा राखी आवश्यकता अनुसार दही, शख्खर वा चिनी राखेर फिट्ने अत्तमा एउटा गिलाँसमा सो पेय राखेर माथी केहि काजु तथा पेस्ताका टुक्रा राख्ने । त्यसपछि लसी पिउनका लागि तयार हुन्छ ।

    गर्मीका लागि लस्सी एक उपयुक्त पेय पदर्थ पनि हो  ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast