बुधबार, कार्तिक ६, २०७६
    यातायात

    सन् १९५३ देखि अहिलेसम्म : केन्यामा सफारी र्याली पुनर्जीवित

    शनिबार, २१ आषाढ २०७६, - सिन्ह्वा/एजेन्सीहरु .

    नैरोबी, २१ असार :

    केन्याका राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार सफारी र्यालीको  विधिवत रुपमा शुभारम्भ गरेसँगै यसका पारखीहरु मख्ख बनेका छन् ।

    विश्व र्याली प्रतिस्पर्धामा सहभागी हुनेगरी यस र्यालीमा ५१ वटा कार सहभागी हुँदैछन् ।

    राष्ट्रपति केन्याटाले केन्यालाई विश्वभर परिचित गराउन यस सफारी र्यालीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    बेलायती महारानी एलिजाबेथको राज्याभिषेकका अवसरमा सन् १९५३ देखि यो र्याली हरेक वर्ष आयोजना गरिन्छ ।

    विश्व र्याली च्याम्पियनसीपकै एक हिस्साका रुपमा सन् २००२ सम्म केन्याको र्यालीलाई समावेश गरिन्थ्यो तर बजेट अभाव र सरकारी सहयोगको कमीका कारण यस र्यालीलाई स्थगित गरिएको थियो ।

    तर अन्तर्राष्ट्रिय अटोमोबाइल्स फेडेरेसन (एफआईए) का अध्यक्ष जाँ टोड्टले सन् २०१५ मा राष्ट्रपति केन्याटासँग भेटवार्ता गरेपछि केन्याली सफारी र्याली पुनः जीवित भएको हो ।

    केन्याली सफारीले मान्यता पाएसँगै सन् २०२० को विश्व च्याम्पियनसीपमा केन्याली कार चालकहरुले भाग लिन पाउनेछन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast