सोमबार, भाद्र २, २०७६
    स्वास्थ्य

    शरीरलाई किन चाहिन्छ 'सुनभन्दा पनि गुनिलो नून' ?

    शनिबार, २१ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २१ असार

    नूनमा क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेट केही हुँदैन । अप्रशोधित नूनमा चाहिँ केही मात्रामा खनिजहरु हुन्छन् । तर पनि हाम्रो शरीरलाई नून नभई हुँदैन । 

    धेरैलाई लाग्न सक्छ खानाको स्वाद बढाउन वा खानालाई स्वादिलो बनाउन नून चाहिन्छ । एक हदसम्म यो पनि ठीकै कुरा हो । किनभने, नूनबिनाको खानेकुरा हामीलाई स्वादिलो लाग्दैन । त्यसैले हाम्रो प्रायः खानेकुराहरुमा नून कुनै न कुनै रुपमा समावेश भएकै हुन्छ ।

    तर नूनको महत्त्व खानालाई स्वादिलो बनाउने अर्थमा मात्र हाम्रो शरीरको लागि उपयोगी छ भन्नु पटक्कै वस्तुसम्मत हुँदैन ।  

    वास्तवमा स्वास्थ्यको दृष्टिकोणले नून हाम्रो शरीरको लागि एक अपरिहार्य तत्त्व नै हो । त्यसैले के पनि भनिन्छ भने, नून सुनभन्दा पनि गुनिलो हुन्छ ।

    वास्तवमा स्वास्थ्यको दृष्टिकोणले नून हाम्रो शरीरको लागि एक अपरिहार्य तत्त्व नै हो । त्यसैले के पनि भनिन्छ भने, नून सुनभन्दा पनि गुनिलो हुन्छ ।

    नून एउटा रासायनिक यौगिक हो । यसलाई सोडियम क्लोराइड भनिन्छ । हामीले खाने नूनमा सोडियम र क्लोरिन तत्वका अतिरिक्त पोटासियम र इलेक्ट्रोलाइट्सहरु पनि हुन्छन् । मृगौलामार्फत् हाम्रो शरीरमा पानी निश्चित मात्रामा  कायम राखिराख्न तथा शरीरमा एसिडको मात्रालाई नियन्त्रण गर्न नूनमा भएका यी पदार्थहरुले पनि हामीलाई मद्दत गर्दछ । शरीरमा नूनको आवश्यक मात्रामा आपूर्ति हुन सकेन भने, मृगौलाले हाम्रो शरीरमा पानीको मात्रालाई नियन्त्रण गर्न सक्दैन । साथसाथै, शरीरमा एसिडको मात्रा पनि बढ्न जान्छ । यसले गर्दा शरीरमा अनेकौं समस्याहरु देखापर्न थाल्छ ।

    एउटा वयस्क मानिसको खानामा दैनिक ३ देखि ८ ग्राम नून हुनुपर्ने सुझाव दिन्छन् । अझ मांसहारीहरुका लागि त यो मात्रा पनि आवश्यक हुँदैन, किनभने, उनीहरुले खाएको मासुबाट नै शरीरको लागि आवश्यक नूनको आपूर्ति भइरहेको हुन्छ ।

    पोषणविद्हरु एउटा वयस्क मानिसको खानामा दैनिक ३ देखि ८ ग्राम नून हुनुपर्ने सुझाव दिन्छन् । अझ मांसहारीहरुका लागि त यो मात्रा पनि आवश्यक हुँदैन, किनभने, उनीहरुले खाएको मासुबाट नै शरीरको लागि आवश्यक नूनको आपूर्ति भइरहेको हुन्छ । त्यसो त प्रायः मानिसहरु शरीरलाई चाहिनेभन्दा बढी नै नून दैनिक रुपमा खाने गर्ने गर्छन् । त्यसैले यताका वर्षहरुमा नूनको अत्याधिक उपभोगले गर्दा मानिसहरुमा उच्च रक्तचापको समस्या बढ्दै गएको कुरा अनुसन्धानकर्ताहरु बताउँदछन् ।

     

    नून खाँदा शरीरमा के हुन्छ ? 

    नून दुईथरिका पाइन्छन् । एउटा हामीले खानेकुराहरु बनाउँदा हालिने नून, अर्को चाहिँ तरकारी फलफूल तथा अन्य खाद्य पदार्थमा प्राकृतिक रुपमा नै पाइने नून । हाम्रो शरीरलाई नूनको आवश्यकता पर्ने भए पनि यो आवश्यकता तरकारी, फलफूल तथा नट्स (बदाम, काजु आदि) बाट नै पूरा हुन्छ । 

    हामीले आफ्नो दैनिक खानामा यी खाद्यपदार्थहरु समावेश गर्ने हो भने शरीरको लागि आवश्यकता पर्ने नूनको आपूर्ति ती खाद्य पदार्थहरुबाट नै हुन्छ, हामीले थप नून खाइरहनै पर्दैन ।

    खानेकुरामा पाइने नूनलाई जैविक नून भनिन्छ । जैविक नूनका मोलेक्यूल्सहरु अन्य जैविक पदार्थहरुको भन्दा अलि जटील हुन्छ । त्यसैले हामीले खाएको जैविक नूनलाई हाम्रो आमाशयले अति सुस्त गतिमा सोस्ने गर्छ । तर त्यसको विपरीत, खानेकुराहरुमा अतिरिक्त हालिने नून चाहिँ आमाशयले अति चाँडो सोस्छ ।

     उत्तर अमेरिकी क्षेत्रमा मुटुको रोगबाट धेरै मानिसहरुको मृत्यु हुनुको प्रमुख कारण नै पनि यही नूनको अत्यधिक प्रयोग नै मानिन्छ ।

    यसरी सोसिएको बढी नून शरीरको लागि आवश्यक पर्दैन । यस्तो बढी नूनलाई रगतको माध्यमबाट मृगौलाले छान्ने काम गर्छ । तर अति छिटो सोसिने नून मृगौलाले नछानिन्जेलसम्म शरीरको कोषहरु का बीचमा संग्रहित हुन्छ । यसरी संग्रहित नूनले कोष वरिपरिका तन्तुहरुलाई जलाउन थाल्छ ।

    त्यस असरलाई रोक्न कोषहरुले कोषभित्र नै पानी पैदा गर्छ जसले नूनलाई घोलेर त्यसको जलन कम पारिदिन्छ । यसरी पानी पैदा गर्दा कोषको तन्काइ हट्न जान्छ फलतः त्यहाँ चाउरी पर्छ । यस क्रियामा कोषहरुमा रहेको पोटासियम समेत घटेर  कोषको रासायनिक संरचनामा नै परिवर्तन आउँछ ।

    कोषमा पोटासियमको मात्रा कमी भएपछि रगतमा भएको नून अर्थात् सोडियम कोषका भित्ताहरुमा पस्न जान्छ । फेरि त्यहाँ जलन शुरु हुन्छ । त्यसलाई कम गर्न फेरि कोषमा पानी पस्छ । चाउरिएको कोष फेरि फुलिन्छ । यो क्रिया रगतमा रहेको अतिरिक्त नूनलाई मृगौलाले छानेर नफालेसम्म निरन्तर चलिरहन्छ ।

    हामीले आफ्नो दैनिक खानामा यी खाद्यपदार्थहरु समावेश गर्ने हो भने शरीरको लागि आवश्यकता पर्ने नूनको आपूर्ति ती खाद्य पदार्थहरुबाट नै हुन्छ, हामीले थप नून खाइरहनै पर्दैन ।

    हामीले सधैैं बढी नून खाइरह्यौं र शरीरमा माथि उल्लिखित क्रिया–प्रतिक्रिया आवश्यकताभन्दा बढी नै चलिरह्यो भने शरीरका कोषहरुको पानीको मात्राको सन्तुलनमा आउने हेरफेरले मांसपेशी, रक्तसंचार प्रणालीका भल्भहरु र मुटुसम्म रगत पुर्याउने आर्टरीहरुमा अम्लपन बढाउने, कडापन पैदा गर्ने, खाटा बसाउने तथा त्यसलाई नष्ट गर्ने खतरा बढ्छ ।

    तर हामीले सधैैं बढी नून खाइरह्यौं र शरीरमा माथि उल्लिखित क्रिया–प्रतिक्रिया आवश्यकताभन्दा बढी नै चलिरह्यो भने शरीरका कोषहरुको पानीको मात्राको सन्तुलनमा आउने हेरफेरले मांसपेशी, रक्तसंचार प्रणालीका भल्भहरु र मुटुसम्म रगत पुर्याउने आर्टरीहरुमा अम्लपन बढाउने, कडापन पैदा गर्ने, खाटा बसाउने तथा त्यसलाई नष्ट गर्ने खतरा बढ्छ । 

    कालान्तरमा यसले मुटुलाई नै काम नलाग्ने समेत बनाइदिन सक्छ । उत्तर अमेरिकी क्षेत्रमा मुटुको रोगबाट धेरै मानिसहरुको मृत्यु हुनुको प्रमुख कारण नै पनि यही नूनको अत्यधिक प्रयोग नै मानिन्छ ।

     

    घातक पनि हुन सक्छ नून

    प्राचीन कालमा चीनमा आत्महत्या गर्ने वा अपराधीलाई मृत्युदण्ड दिने उपायहरुमध्ये धेरै नून खाने पनि एक थियो । त्यसको लागि अपराधीलाई पानीमा अत्यधिक बढी नून घोलेर पिलाइने गरिन्थ्यो ।

    एक औंस नूनले हाम्रो शरीरमा ६ पाउण्ड अतिरिक्त पानीको जरुरत पैदा गरिदिन्छ । धेरै मात्रामा नून खाएपछि हाम्रो शरीरमा धेरै नै बढी पानीको जरुरत पर्ने हुन्छ, जुन एकै पटकमा आपूर्ति हुन सक्दैन । फलतः शरीरमा पानीको भीषण कमी हुन्छ । यही कारणले गर्दा नै धेरै बढी मात्रामा खाएको नून घातक हुने गर्छ ।

     

    नूनको प्रयोग कहिलेदेखि ?

    आजभोलि संसारभरि नै खानेकुरालाई स्वादिलो बनाउनको लागि नूनको प्रयोग गर्ने गरिन्छ । मानिसको खानामा नून एउटा अभिन्न अंग बनिसकेको छ । नूनको स्वाद चाखिसकेको कसैले पनि नूनबिनाको खाना रुचाउन सक्दैन ।

    तर नूनको बारेमा थाहा नपाएका प्राचीन कालका मानिसहरु चाहिँ के गर्थे होलान् त ? उत्तर सहज छ– उनीहरु नूनबिना नै खानेकुरा खाने गर्थे ।

    वास्तवमा, अमेरिका तथा संसारका कतिपय ठाउँका मानिसहरुलाई यूरोपियनहरुले खानेकुरामा नूनको प्रयोग गर्न सिकाएका थिए । अझै पनि मध्य अफ्रिकाका कतिपय स्थानहरुमा नूनलाई विलासिताको वस्तु मानिन्छ । त्यहाँ नूनलाई धनी मानिसहरुले मात्रै उपयोग गर्न सक्छन् ।

    हाम्रो शरीरमा नून अति आवश्यक छ । तर दूध खाने तथा मासुलाई काँचै वा पोलेर खाने समुदायको लागि थप नूनको आवश्यकतै पर्दैन । उनीहरुले शरीर विकासको लागि आवश्यक पर्ने मात्राको नून, त्यही दूध र मासुबाट नै पाइरहेका हुन्छन् । तर शाकाहारी तथा मासुलाई उसिनेर खानेहरुका लागि भने थप नूनको आवश्यकता पर्दछ ।

    अझै पनि मध्य अफ्रिकाका कतिपय स्थानहरुमा नूनलाई विलासिताको वस्तु मानिन्छ । त्यहाँ नूनलाई धनी मानिसहरुले मात्रै उपयोग गर्न सक्छन् ।

    मानिसले घुमन्ते जीवन त्यागेपछि नूनको प्रयोग गर्न थालेको पाइन्छ । विशेष गरेर खेतीपातीको युगमा प्रवेश गरेपछि मानव जीवनमा नून अभिन्न अंग बन्न पुगेको देखिन्छ ।

    त्यसो त मानव जीवनमा नूनको महत्त्व खानालाई स्वादिलो बनाउने वा शरीरलाई आवश्यक पर्ने तत्वको अर्थमा मात्र सीमित छैन । यसको आफ्नै सांकेतिक महत्त्व पनि रहेको पाइन्छ । प्राचीन कालमा देउतालाई बली दिँइदा बलीको साथै नून पनि दिने गरिन्छ । त्यसबेला नूनको आफ्नै विशेष धार्मिक महत्त्व रहेको पाइन्छ ।

    खानेकुरालाई लामो समयसम्मका लागि सुरक्षित गर्नको लागि पनि मानिसहरुले नूनको प्रयोग गर्ने गरेको पाइन्छ । नूनको यही गुणले गर्दा यसलाई लामो समयसम्म सुरक्षित रहने वस्तुको प्रतीकको रुपमा पनि लिने गरेको पाइन्छ । एक समयमा यूरोपतिर कुनै पनि सम्झौता वा लिखत गर्नुपर्दा नून हालेको खानेकुरा खाएर तथा खुवाएर गर्ने गरिन्थ्यो । यसो गर्दा त्यो सम्झौता वा लिखत पक्का र दिगो कालसम्मको लागि भएको मानिन्थ्यो । हाम्रै नेपाली समाजमा पनि कसैकोमा नून हालेको खाना खाएपछि उसको भलाइ मात्रै गर्नुपर्छ भन्ने मान्यता कायमनै रहेको छ । भनाइ नै छ– नूनको सोझो गर्नू ।

    नूनको महत्त्व मानिसले बुझ्दै गएपछि यसको व्यापारिक महत्व पनि स्थापित हुँदै गयो । रोचक त के छ भने, इटालीको एउटा प्राचीन सडकको नाम नै नूनको बाटो रहेको छ । यसको नाम यस्तो हुनुको कारण चाहिँ प्राचीन कालमा त्यही बाटो भएर नून ल्याउने गरिनाले हो ।

     

    प्राचीन रोमनकालमा तलबको रुपमा नून

    हामीले कतै काम गरेवापत लिने मासिक तलबलाई अंग्रेजी भाषामा Salary भनिन्छ । यो शब्द पनि नूनबाट नै आएको हो । प्राचीन रोमनकालमा सैनिक वा अफिसरहरुलाई तलबको साटोमा नून नै दिने गरिन्थ्यो । यसबाट पनि त्यसबेला नूनको कति व्यापक महत्व थियो भन्ने अनुमान गर्न सकिन्छ । 

    प्राचीन रोमनकालमा सैनिक वा अफिसरहरुलाई तलबको साटोमा नून नै दिने गरिन्थ्यो । यसबाट पनि त्यसबेला नूनको कति व्यापक महत्व थियो भन्ने अनुमान गर्न सकिन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast