आईतवार, श्रावन ५, २०७६
    खेल संसार

    पाकिस्तानको सानदार जित तर दुर्भाग्य सेमिफाइनलमा पुगेन

    शनिबार, २१ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २१ असार । 
    न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लर्डस मैदानमा शुक्रबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हराएपछि न्युजिल्यान्डको सेमिफाइनल यात्रा तय भएको हो ।

    बंगलादेशले लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा नौ रन कटाएपछि पाकिस्तानको विश्वकप यात्रामा पूर्णविराम लागेको थियो । न्युजिल्यान्डले पाकिस्तानलाई रन रेटमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो । यस खेलसँगै विश्वकपको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । साविक विजेता अष्ट्रेलिया, भारत, आयोजक इङ्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् ।

    पाकिस्तानले दिएको ३१६ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४४.१ ओभरमा सबै विकेट गुमाएर २२१ रनमा समेटिएको थियो । बंगलादेशका लागि शकिब अल हसनले शर्धसतकीय पाली खेले । सर्वाधिक ६४ रन बनाएका शकिबले ७७ बलमा ६ चौकाको सहयोगमा उक्त रन बनाएका थिए । लिटन दासले ३२, महमुदुल्लाहले २९, शौम्य सरकारले २२, मुस्फिक्युर रहिम र मोसादेक होसेनले समान १६/१६ रन बनाए ।

    कप्तान मसरफे मोर्ताजाले १५ रन बनाए । तमिम इकबालले आठ रन जोडेका थिए । पाकिस्तानका शहिन शाह अफ्रिदी एक्लैले ६ विकेट लिए । सद्धाब खानले दुई विकेट लिए । मोहमद अमिर र वाहब रियाजले समान एक/एक विकेट लिएका थिए ।

    यसअघि युवा ओपनर इमाम उल हकले शतकीय पाली खेलेपछि पाकिस्तानले बंगलादेशलाई ठूलो योगफलको लक्ष्य दिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय १५ रन बनायो । पाकिस्तानका लागि ओपनर इमामले उल हकले एक सय रनको योगदान दिए । ४२ ओभरको पाँचौं बलमा हिट विकेटका रूपमा आउट हुँदै पेभेलियन फर्किनु अघि उनले विश्वकपमा पहिलो शतक पूरा गरेका थिए । बाबर आजमले ९६ रन बनाए । शतक बनाउन चार रनले चुकेका बाबरले ९८ बलमा ११ चौकाको सहयोगमा उक्त रन बनाएका थिए । यसैगरी इमाद वासिम ४३ रनमा क्याच आउट भए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast