मंगलवार, कार्तिक ५, २०७६
    खेल संसार

    विश्वकप टूर्नामेण्टमा सर्वाधिक

    पाकिस्तानका बाबर आजमले रचे इतिहास, ४७४ रन बनाएर कसरी तोडे रेकर्ड ?

    शुक्रबार, २० आषाढ २०७६, - खेल डेस्क/आहा खबर.

     

    २० असार, आहा खबर । 

    इंग्ल्याण्डमा जारी विश्वकप २०१९ अन्र्तगत शुक्रबार बंग्लादेशबिरुद्ध व्याटिंग गर्ने क्रममा पाकिस्तानका बाबर आजमले नयाँ इतिहास रचिदिएका छन् ।

    आफ्नो अन्तिम लिग खेल खेलिरहेको पाकिस्तानी टिमका आक्रामक ब्याट्सम्यान आजमले ९६ रन बनाउँदै शतक बनाउन नसकेपनि आफ्नो नाममा एउटा ठूलो इतिहास भने बनाए । 

    आजमले आफ्नो शानदार पारी खेल्दै यस २०१९ को टूर्नामेण्टमा कुल ४७४ रन बनाए जो पाकिस्तानको क्रिकेट इतिहासमा एकै विश्वकप टूर्नामेण्टको सर्वोच्च अंक हो ।

     

    तोडियो २७ वर्ष पुरानो रेकर्ड

    पाकिस्तानका लागि यसअघि सन् १९९२ मा जावेद मियांदानले ९ खेल खेल्दै कुल ४३७ रन बनाएका थिए ।

    जबकी अहिले आएर २०१९ मा २७ वर्षे तन्नेरी बाबर आजमले मात्र ८ खेलबाट ४७४ रन बनाएका हुन् । 

     

    बाबर आजमको प्रदर्शन

    यस विश्वकपमा बाबरले १ शतक र ३ अर्धशतक जोडेका थिए । बाबरको उच्च स्कोर १०१ रह्यो ।

    उनले यस विश्वकपमा जम्मा ५० चौका र २ छक्का लगाएका थिए । 

     

    पाकिस्तानको स्कोर

    खेलमा पाकिस्तानले पहिला ब्याटिंग गरेको हो । शुक्रबारको अन्तिम लीग अन्र्तगत बंगलादेश बिरुद्ध पाकिस्तानले ९ विकेटको क्षति व्यहोर्दै ३१५ रनको सम्मानजनक स्कोर खडा गरेको थियो । 

    खेलमा ४४ दशमलव १ ओभरमा २२१ मै अलआउट भएको बंग्लादेश पाकिस्तानसँग ९४ रनले पराजित भयो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast