आईतवार, भाद्र ८, २०७६
    स्वास्थ्य

    उपमेयर हरिप्रभा खड्गीको स्वास्थ्य सामान्य, खतरामुक्त अवस्थामा सिसियुमा

    शुक्रबार, २० आषाढ २०७६, आहाखबर
    फाइल फोटो
    काठमाडौं, २० असार । 
     
    काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
     
    उहाँको स्वास्थ्यमा समस्या आएपछि बिहीबार थापाथलिस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपप्रमुख खड्गीको अवस्था सामान्य रहेको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेसन उप–महाप्रवन्धक आरपी मैनालीले जानकारी दिनुभयो ।
     
    छातिमा समस्या देखिएपछि उपप्रमुख खड्गी अस्पताल भर्ना हुनुभएको थियो । अहिले खतरामुक्त अवस्थामा सिसियुमा हुनुहुन्छ, शनिबार वा आइतबार घर फकिँदै हुनुहुन्छ ।
     
    उहाँले भन्नुभयो, “छातिमा समस्या देखिएपछि उपप्रमुख खड्गी अस्पताल भर्ना हुनुभएको थियो । अहिले खतरामुक्त अवस्थामा सिसियुमा हुनुहुन्छ, शनिबार वा आइतबार घर फकिँदै हुनुहुन्छ ।” खड्गीलाई हृदयघातको आशङ्का गरिए पनि उहाँको एनजिओग्राफी गर्दा त्यस्तो लक्ष्यण नभेटिएको अस्पतालले जनाएको छ । 
     
    राष्ट्रियसभा गृहमा आउँदो आर्थिक वर्षका लागि बजेट तयारीबारे भएको बैठकमा सहभागी हुनुभएकी उपप्रमुख खड्गीले शारीरिक रुपमा असजिलो महसुस गरेपछि अस्पताल लगिएको महानगरपालिकाले जनाएको छ । 
     
    अस्पतालले प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा २४ घण्टा चिकित्सकको निगरानीमा रहन भनेपछि अस्पतालमा भर्ना गरिएको थियो । लगत्तै महानागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पताल पुगेर उपप्रमुख खड्गीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिनुभएको थियो ।
     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast