शनिबार, कार्तिक ३०, २०७६
    ओएमजी Omg!

    उडिरहेकाे विमानभित्र मोबाइलको पावर ब्यांक पड्किएपछि...

    शुक्रबार, २० आषाढ २०७६, आहाखबर

    वासिङ्टन, २० असार ।

    अमेरिकामा उडेकाे एउटा विमानभित्र मोबाइलको पावर ब्यांक पड्किएकाे छ । उडिरहेकाे विमानभित्रै पावर ब्यांक पड्किएपछि भर्जिन एटलान्टिकको विमान आकस्मिक अवतरण गरिएको हाे ।

    बिहीबार राति न्युयोर्कबाट लन्डनका लागि उडेको बिमानमा पावर ब्यांक पड्किएको थियो। बोस्टोन लोगान अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानले उडान भरेको थियो। जहाँ २१७ जना यात्रुहरु चढेका थिए।

    प्रहरीका अनुसार विमानमा मोबाइलको पावर ब्यांक पड्किएको हो। घटनापछि सबै सुरक्षित छन्। विमान अवतरण गराइसक्दा विमानभित्र बम डिस्पोजलको टोली पुगिसकेका थिए। प्रहरीले मोबाइलको पावर ब्यांक पड्किएको पुष्टि गरेको छ।

    धुवाँ र बम पड्केजस्तो लागेपछि पाइलटले विमानलाई आकस्मिक अवतरण गराएका थिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast