आईतवार, भाद्र ८, २०७६
    मुभी-थिएटर

    नम्रता र स्वस्तिमाको बक्स अफिसमा भिडन्त, भदौ ६ मा सर्यो ‘हजार जुनी सम्म’

    शुक्रबार, २० आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २० असार 

    साउन ३० मा रिलिज हुन लागेको बलिउड चलचित्र ‘साहो’को प्रभावका कारण ‘हजार जुनी सम्म’लाई एक साता पछि सारिएको छ ।

    विकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र भदौ ६ मा सरेसँगै अब बक्स अफिसमा चलचित्र ‘जाइरा’सँग भिडन्त हुने भएको छ ।

    ‘जाइरा’को यूनिटले लामो समयदेखि भदौ ६ लाई प्रदर्शन मिति तय गरेर प्रचारलाई तिव्रता दिइरहेको छ । चलचित्रमा नम्रता श्रेष्ठ, अनुप विक्रम शाही लगायतको मुख्य भूमिका छ । ‘हजार जुनी सम्म’मा लभस्टोरी चलचित्र हो भने ‘जाइरा’ लभ स्टोरी र मार्सल आर्टको कथामा तयार भएको छ ।

    नेपालमा बलिउड चलचित्रको प्रभाव ठूलो छ । ठूला बलिउड चलचित्र नेपालमा रिलिज हुँदा नेपाली चलचित्र पछि सर्ने गरेका छन् । ‘हजार जुनी सम्म’को निर्माण टिमलाई पनि यही मनोविज्ञानले प्रभाव पारेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast