मंगलवार, कार्तिक ५, २०७६
    खेल संसार

    रितको शतकसँगै नेपालले दियाे सिंगापुरलाई विशाल लक्ष्य

    शुक्रबार, २० आषाढ २०७६, आहाखबर

    काठमाडाैं, २० असार । 

    रित गौतमको शतकसँगै नेपालले सिंगापुरसामु ३ सय २७ रनको ठूलो लक्ष्य प्रस्तुत गरेकाे छ । मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ३ सय २७ रनको ठूलो लक्ष्य दिएको हाे ।

    क्वालालम्पुरस्थित किनरारा ओभलमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३ सय २६ रन बनायो। नेपालका लागि रितले अविजित १ सय १५ रनको पारी खेले। यस्तै खडक बोहोराले ९०, कुशल मल्लले अविजित ५१ तथा पवन सर्राफ ४५ रन बनाए।

    यस खेलमा जित हात पारे नेपाल समूह एको विजेता बन्नेछ। नेपाल र सिंगापुर दुवै सेमिफाइनलमा पुगिसकेका छन्।

    प्रतियोगिताको विजेता टोलीले श्रीलंकामा हुने एसिसी यू-१९ एसिया कपमा सहभागिता जनाउँनेछन्। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast