बिहिवार, कार्तिक २८, २०७६
    कला-सौन्दर्य

    अभिनेत्रीको रेखा लिम्बूको रोजाइ अनमोल र आशिरमान

    शुक्रबार, २० आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २० असार ।
    अहिलेको हिट अभिनेता अनमोल हुन् । मलाई उनको व्यक्तित्व नै ‘हिरोइजम’ लाग्छ । अरू अभिनेताको व्यक्तित्व सामान्य हुन्छ । तर, अनमोलको विशेष व्यक्तित्व देखिन्छ । उनको लुक्स मलाई एकदम सही लाग्छ । उनी नयाँ पुस्ताको सुपर स्टार हुन् । अवश्य पनि उनीसँग स्क्रिन सेयर गर्ने रहर छ । 

    अर्का आकर्षक व्यक्तित्व भएका अभिनेता आशिरमान देशराज हुन् । मलाई उनी पनि खास लाग्छ । उनीसँग त काम गरिसकेकी छु । तर, जोडीको रूपमा भने काम गरेकी छैन । सुटिङका वेला अरूलाई सिकाउने उनको बानी खुब मन पर्छ ।

    काम गरिरहँदा असहज भएको थाहा पायो भने सुझाब दिने बानी एकदम राम्रो छ । सेटमा आफू पनि रमाइलो गरिरहनुपर्ने र अरूलाई पनि हँसाउने बानी रहेछ । त्यसले गर्दा पनि उनीसँग स्क्रिन सेयर गर्ने रहर छ । नयाँ पत्रिकाबाट 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast