१९ असार ।
विश्वकप क्रिकेट २०१९ अन्र्तगतको ४२ औं प्रतिश्पर्धामा वेष्टइण्डिजले अफगानिस्तानलाई २३ रनले हराएको छ । खेलमा पहिला ब्याटिंग गरेको वेष्टइण्डिजले ६ विकेटको क्षतीमा ३११ रन जोडेको थियो ।
जवाफी ब्याटिंग गर्न मैदानमा उत्रिएको अफगानिस्तान २८८ रन जोड्दै अलआउट भएको थियो ।
वेष्ट इण्डिजका लागि शाई होप, निकोलस पूरन र इविन लेविसले अर्धशतकीय पारी खेल्दै टीमलाई सुरक्षित स्थानमा उभ्याएका थिए ।
त्यस्तै, अफगानिस्तानका इकरम अली खिल ने ८६ रन बनाएका थिए जुन उनको पहिलो अर्धशतक थियो ।
वेस्टइण्डीजका लागि कार्लोस ब्रैथवेटले ४ तथा केमार रोचले ३ विकेट लिएका थिए ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com