आईतवार, श्रावन ५, २०७६
    खेल संसार

    मुख्यमन्त्री गुरुङ र कप्तान खड्काद्वारा मैदान निरीक्षण

    बिहिवार, १९ आषाढ २०७६, आहाखबर

    कास्की, १९ असार 

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले आज पोखरा रङ्गशालामा रहेको क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । 

    पोखरा प्रिमीयर लिग(पीपीएल) को दोस्रो संस्करणको तयारी तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा क्रिकेट खेलकूद पोखरामा सञ्चालन गर्न सकिने नसकिनेबारे अध्ययनका लागि उहाँहरुसहितको टोली यहाँ आएको हो । 

    प्रदेश सरकारले मैदानमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी आवमा रु दुई करोड विनियोजन गरेको छ । सङ्घीय सरकारले पनि मैदान स्तरोन्नतिको लागि रु तीन करोड विनियोजन गरेको छ । 

    मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट दु्रत गतिमा मैदानको स्तरोन्नति गरी आगामी १३औँ सागमा क्रिकेट पोखरामा नै आयोजना गर्ने बारेमा परामर्श लिनुभएको थियो । 

    निरीक्षण टोलीमा प्रदेशका भौतिक योजनामन्त्री रामशरण बस्नेत, नेपाल क्रिकेट सङ्घका पूर्वअध्यक्ष तथा प्रदेशसभा सदस्य दीपक कोइराला, क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, पीपीएल आयोजक संस्था ‘क्विन्स इभेन्ट’का प्रबन्ध निर्देशक छुम्बी लामालगायत सहभागी हुनुहुन्थ्यो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast