बिहिवार, मंसिर १९, २०७६
    स्कुल-कलेज

    त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जनाविरुद्ध मुद्दा दायर

    बिहिवार, १९ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १९ असार। 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप लगाउँदै त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको पाएपछि अख्तियारले त्यसमा ठाडो हस्तक्षेप गर्दै कारबाही गर्न थालेको हो । प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्म पनि चलखेल भएको अख्तयारले निष्कर्ष निकालेको छ  । 

    साथै, त्रिवि सेवा आयोगले विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरिएको पनि जनाइएको छ ।

     

    को-को मुछिए ? 

    सेवा आयोगका पदाधिकारी र कर्मचारीका आफन्तलाई मात्रै पास गराई अनियमितता गरेको अभियोगमा आयोगका सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख पर्शुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, सहप्राध्यापक ताराप्रकाश पौडेल र राम बहादुरपाण्डे क्षत्रीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको जनाइएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast