आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    नबिल बैंक र लायन्स क्लबबीच ब्रान्डेड भिसा कार्ड जारी गर्न सम्झौता

    बिहिवार, १९ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १९ असार । 

    नबिल बैंक तथा लायन्स मल्टिपल डिस्ट्रिकबीच लायन्सका सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता भएको छ ।

    सम्झौतामा हस्ताक्षर भएसंगै अब नेपालका लायन्स सदस्यले नबिल बैंकमार्फत सहजै क्रेडिट कार्ड लिन सक्नेछन् । 

    सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबंधक बिनय कुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उलेख्य भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

    त्यस्तै, हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको समेत सहकार्य रहने पनि विज्ञप्तिमा जनाइएको छ । 

    उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबंधक बिनय कुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उलेख्य भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

    सोही अवसरमा बोल्दै लायन्स मल्टिपल डिस्ट्रिकका चेयरपर्सन डीआर खनालले यसबाट भरपुर फाइदा लिन सम्पूर्ण लायन्स सदस्यलाई आग्रह गर्नुभयो । 

    उक्त सम्झौता समारोहमा लायन्स क्लब २०१८ र १९ का चारै डिस्ट्रिकका गवर्नरहरु सुनिल ओझा, सुदर्शन धर प्रधानाङ्ग, अशोक श्रेष्ठ तथा अनन्त भेट्वालको उपस्तिथी थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast