मंगलवार, श्रावन ७, २०७६
    यातायात

    स्मार्ट लाइसेन्काे समस्या समाधान गर्न १५ दिन भित्र मासप्रिन्टर ल्याउदै यातायात विभाग

    बिहिवार, १९ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १९ असार । 

    यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले ३ महिनाभित्र स्मार्ट लाइसेन्सको समस्या नहुने बताएका छन् । संघीय संसद्को विकास तथा प्रविधि समितिको छलफल कार्यक्रममा उनले १५ दिनभित्र मास प्रिन्टर आउने र बाँकी स्मार्ट लाइसेन्स  छपाइ गरिने जानकारी दिए । 

    ६ देखि ७ लाख स्मार्ट लाइसेन्स समयमै छपाइ गर्न नसकेको स्वीकार गरे । ‘अबको १५ दिनभित्र टेन्डर गरिएको मास प्रिन्टर आइपुग्छ,’ उनले भने, ‘त्यसपछि धमाधम लाइसेन्स छपाइ हुन्छ । ३ महिनाभित्र लाइसेन्सको समस्या हुँदैन ।’ २५ दिनमा ४ लाख लाइसेन्स छपाइ गरेमा तत्कालैको समस्या हल हुने उनले बताए ।

    आगामी आर्थिक वर्षमा झन्डै १८ लाख स्मार्ट कार्ड छपाइका लागि ५६ करोड विनियोजन भएको उनको भनाइ छ ।  स्मार्ट कार्डका लागि बजेट अभाव नभएको उनले जानकारी दिए ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast