आईतवार, भाद्र ८, २०७६
    मुभी-थिएटर

    फिल्म बनाउने बिषयमा धुर्मुस भन्छन् – चलचित्रको नाम ‘एन्टिभाइरस’ परिवर्तन हुन सक्छ’

    बिहिवार, १९ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १९ असार

    हाँस्य चलचित्र चलिरहेको समयमा अहिले हाँस्य कलाकारहरु चलचित्र बनाउन जोडतोडका साथ लागिरहेका छन् ।

    दर्शकको साथ पाउने अपेक्षा उनीहरुको छ । यही क्रममा, हाँस्य जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र बनाउने भनेको पनि एक बर्ष भैसकेको छ । तर, यो जोडीले अझै चलचित्रको घोषणा गर्न सकेको छैन ।

    यसैविच, यो जोडीले बनाउन लागेको चलचित्रमा निर्देशक रामबाबु गुरुङ भित्रिएको खबर सार्वजनिक भैरहेको छ । यो बिषयमा धुर्मुस भन्छन्–‘हामीले रामबाबुजी लगायत केही निर्देशकसँग प्रारम्भिक चरणमा छलफल गरेका छौ । तर, चलचित्रलाई कसले निर्देशन गर्ने पक्का भैसकेको छैन ।’

    उनले अगाडि भने–‘अब चलचित्रको नाम एन्टिभाइरस’ पनि नहुनसक्छ । हामीले अहिले नयाँ नाममा काम गरिरहेका छौ ।’ चलचित्रका लागि नायक प्रदिप खड्कासँग अहिले कुरा नभएको उनले सुनाए । धुर्मुसले भने–‘चलचित्रको स्क्रिप्ट फाइनल भएपछि हामी घोषणा गर्नेछौ । हामीले आधिकारिक रुपमा घोषणा नगरेसम्म धेरै कुरामा विश्वास नगर्न आग्रह गर्दछु ।’

    यसैगरी चलचित्रको तयारी अगाडि बढिरहेको सुनाउँदै सितारामले छायांकनमा साउन–भदौबाट जान सक्ने संकेत गरेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast