मंगलवार, श्रावन ७, २०७६
    ओएमजी Omg!

    लिबिया आक्रमणमा एक नेपालीसहित ४० को मृत्यु

    बिहिवार, १९ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १९ असार । 

    लिबियाको राजधानी त्रिपोलीनजिकै रहेको एउटा आप्रवासी बन्दी गृहमा लक्षित बम विस्फोटमा परि एक जना नेपालीको मृत्यु भएको छ । गत मंगलबार राति भएको बम विस्फोटमा परि २७ वर्षीय  सन्तोष श्रेष्ठको मृत्यु भएको इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले जनाएको छ । ४० जनाभन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणमा घाइते भएका श्रेष्ठको उपचारको क्रममा अस्पतालमा मृत्यु राजदूताबासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


    अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लिबियाले श्रेष्ठको मृत्यु भएको पुष्टी गरेको  राजदूतावासका चार्ज डी अफेयर्स सुजन बिडारीले जानकारी दिए । श्रेष्ठका बारेमा थप बुझ्ने प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast