मंगलवार, श्रावन ७, २०७६
    ओएमजी Omg!

    प्रहरीले भेटाउन नसकेका श्रीमान टिकटकले भेटायाे

    बुधबार, १८ आषाढ २०७६, आहाखबर

    तमिलनाडु, १८ असार ।

    भारतमा प्रहरीले खाेजी गर्न नसकेकाे एक व्यक्तिलाई टिकटकले फेला पारेकाे छ  दक्षिण भारतकाे तमिलनाडुबाट हराएका उक्त व्यक्ति टिकटकका माध्यमबाट भेटिएका हुन्। 

    सन् २०१६ देखि आफ्नो पत्नी जया र आफ्नो दुई छोरालाई छोडेर घरबाट निस्केका सुरेश तीन वर्षपछि टिकटकको भिडियोमा भेटिएका छन् । आफ्नो पत्नी र परिवारले पुलिसमा उनलाई हराएको भनेर रिपोर्ट गरेका थिए ।

    घर छोडेर हिँडेका उनलाई आफ्नो आफन्तले टिकटक भिडियोमा देखेपछि उनकी पत्नी जयालाई खबर गरेका थिए । धेरै नै आलोचना पाईराखेको टिकटकका कारण पुलिसले समेत हल गर्न नसकेको केश टिकटकले पूरा गरेको छ।

    मिडिया रिपोर्ट अनुसार सुरेश २०१६ देखि हराएका थिए । अनेकौं ठाउँ तथा आफ्नो आफन्तकोमा खोज तलास गर्दा पनि उनलाई पत्ता लगाउन नसकेपछि पुलिसकोमा रिपोर्ट गरिएको थियो । जब उनकी पत्नी जया प्रदालाई एक आफन्तले टिकटकमा देखेको मान्छे सुरेशसँग मिल्दोजुल्दो छ भनी खबर गरे तब विल्लुपुरम पुलिसलाई खबर गरेपछि उनको पत्ता लागेको हो ।

    उनको परिवारका अनुसार सुरेश केही कुरामा असन्तुष्टि थिए जसले गर्दा घर छाडेर हिँडेका हुन् । सुरेश होसुरमा एक ट्याक्टर कम्पनीमा मेकानिक काम गर्थे । नको एक ट्रांसजेन्डर महिलासँग सम्बन्ध रहेको बताइएको छ ।

    एक अधिकारीका अनुसार टिकटक भिडियोमा उनको साथमा उक्त ट्रांसजेन्डर महिलालाई पनि देखिएपछि विल्लुपुरमको ट्रान्सजेन्डर संगठनमार्फत उनी भेटिएका हुन। मिडिया रिपोर्ट अनुसार पुलिसले सुरेश र जयालाई आपसी समझदारीमा घर पठाएको छ

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast