शुक्रबार, मंसिर ६, २०७६
    स्वास्थ्य

    मृगौला पीडित निर्मललाई बचाउन कोरियाबाट आर्थिक सहयोग

    बुधबार, १८ आषाढ २०७६, आहाखबर

    शशिशेखर घिमिरे/ काठमाडौं, १८ असार ।

    झापाका मृगौला पिडित निर्मल फियाक लिम्वूको उपचारका लागि कोरीयामा १ लाख १२ हजार संकलन गरिएको छ। दुवै मृगौला खराव भएका झापा कमल गाँउपालीका ३ केर्खाका ३० बर्षिय निर्मललाई उपचारमा सहयोग पुगोस् भनेर कोरियावाट फियाक सायङ सङजुम्भोका ४६ जनाले नेपालीले उक्त रकम संकलन गरेका हुन्।

    पीडित लिम्वूको थप उपचारको लागी कोरियामा संकलीत रकम एक कार्यक्रमकाबीच काठमाण्डौंमा हस्तान्तरण गरिएको हो। उक्त रकम सङजुम्भोका संयोजक डम्वर सुब्बाले मंगलवार पीडितलाई हस्तानतरण गरे। लिम्वूको गत माघमा पहिलोचोटी झापाको कन्काई अस्पतालमा परिक्षण गर्दा गर्दा मृगौलामा समस्या देखिएपछि थप उपचारको लागी काठमाडौं ल्याइएको थियो। उनी हाल सुमेर अस्पतालमा उपचार गराउँदै आएका छन् । 

    एक छोरीका बाबु उनले आफूलाई बचाईदिन आग्रह गरेपछि निर्मल बचाउ अभियान नै चलेको हो । नियमीत जस्तो उपचार गराउनु पर्ने भएका कारण आफूसंग भएको १२ लाख सकिएको र मृगौला प्रत्यारोपण गर्न आवश्यक रकमको अभाव भएको निर्मलको गुनासो छ । 

    उनको उपचारको लागी निर्मल बचाउ अभियानले राजधानीमा केङसला नामक लिम्बू चलचीत्रको प्रर्दशन मार्फत उठेको १ लाख रुपैयाँसमेत पीडितलाई हस्तान्तरण गरिसकेको अभियानका अध्यक्ष सलमान थलुङले बताए । आर्थिक अवस्था कमजोर रहेका निर्मललाई उनकी आमाले मृगौला दिने भएको हुँदा प्रत्यारोपणको लागी आवश्यक रहेको रकम मनकारी व्यक्तिले सहयोग गरिदिन उनले याचना गरेका छन् । 

    हाल ललितपुरको धापाखेलको सुमेरु अस्पतालमा मृगौला विषेशज्ञ ऋषि काफ्ले निगरानीमा उनको उपचार जारी छ । उनको उपचारकोे सहयोर्गाथ युकेवाट समेत ताप्लेजुङ फुङलीङ ३ सिम्लेका राजु बरालले पठाएको  बीस हजार नेपाली रुपैयाँ उनका काका सुरेश बरालले मंगलवार नै पीडितलाई हस्तान्तरण गरेका छन् । 

    कार्यक्रममा पीडित निर्मलका भिनाजु मोहन थेवेले आर्थिक अवस्था कमजोर रहेको निर्मलको उपचारकोलागी भएको ६ धुर जग्गासमेत विक्रिको तयारीमा रहेको बताए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast