आईतवार, भाद्र ८, २०७६
    मुभी-थिएटर

    ‘दबंग ३’ का लागि सलमान खानले घटाए ताैल, यस्ताे छ उनकाे नयाँ लुक्स

    बुधबार, १८ आषाढ २०७६, आहाखबर

    मुम्बई, १८ असार ।

    बलिउड सुपरस्टार सलमान खान एक पटक फेरी चुलबुल पाण्डेका रूपमा देखिने भएका छन्। फिल्म ‘दबंग ३’ मार्फत सलमान फेरि एकपटक चुलबुल पाण्डेकाे भूमीकामा आउने भएका हुन्।

    यो फिल्म सलमानको खानका प्रतीक्षित फिल्ममध्ये एक हो । फिल्ममा सलमान खानको भूत कालको समयलाई पनि देखाइनेछ । जसमा उनलाई फरक लूकमा देख्न सकिनेछ । भारतीय मिडियाका अनुसार उक्त लूक्समा आफूलाई ढाल्नका लागि सलमान खानले निकै मेहनत गरेका छन् ।

    सलमानले हालै एक तस्वीर पनि सार्वजनिक गरेका छन्। तस्वीरमा सलमान खान फिट बडीमा देखिएका छन् । ‘दबंग ३’ यसै वर्षको डिसेम्बरसम्म हलमा रिलिज हुनेछ ।

    सलमानले चुलबुल पाण्डेको भूमिकाको एक हिस्सा फिल्ममा फरक तरिकाले देखिनेछ । सोही लूकमा फिट हुन सलमान खानले ७ किलो तौल घटाएका छन् । जसका लागि उनले निकै मेहनत गरी पसिना निकालिरहेका छन् । फिल्ममा सोनाक्षी सिन्हाको पनि अभिनय रहनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast