आईतवार, भाद्र २९, २०७६
    ओएमजी Omg!

    उडिरहेको प्लेनबाट खसेर एक जनाको मृत्यु

    बुधबार, १८ आषाढ २०७६, आहाखबर

    बेलायत, १८ असार ।

    उडिरहेको प्लेनबाट खसेर एक जनाको मृत्यु भएकाे छ। बेलायतमा हिथ्रो विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको केन्या एयरलाइन्सको विमानबाट एक यात्रुको खसेर ज्यान गएको हाे ।

    उनी विमानको ल्याण्डिङ गियरभित्र लुकेर यात्रा गरिरहेका थिए। विमान अवतरणको क्रममा ल्याण्डिङ गियर खोलेपछि उनी तीन हजार ५ सय फिट माथिबाट जमिनमा खसेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएकाे छ।

    दक्षिण लन्डनको आवासीय क्षेत्रमा रहेको एउटा घरको बगैंचामा ती व्यक्ति खसेका थिए । प्रत्यक्षदर्शीले भने, ‘एकछिनसम्म म त ट्वाल्ल परेँ सोच्नै नसक्ने घटना, ‘आकाशबाट मान्छे पो खस्यो ।’ ती व्यक्ति जमिनमा खस्दा ठूलो आवाज समेत आएको उनले बताएका छन् । उनी खसेको स्थानमा जमिनसमेत भासिएको छ । उनको परिचय भने खुलाइएको छैन ।

    केन्याको नैरोबीबाट स्थानीय समयअनुसार आइतबार बिहान सवा नौ बजे उडेको सो विमान हिथ्रो विमानस्थलमा अवतरणको तयारीमा थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast