मंगलवार, श्रावन ७, २०७६
    ओएमजी Omg!

    बाघको जुँगा उखेल्नेलाई ५ देखि १५ लाखसम्म जरिवाना

    बुधबार, १८ आषाढ २०७६, – सरोज कामत.

    राजापुर, १८ असार 

    मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महङ्गो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ ।
     
    गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ । उनलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको थियो । तर बाघ मारेको प्रमाण फेला नपरेपछि जिल्ला अदालतले बाघको जुँगा उखेली घरमा लुकाएको अभियोगमा रु पाँच लाख जरिवाना तिर्न लगाई रिहा गरिदिएको छ ।
     
    बर्दिया जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले बाघ मारेको आरोपमा पक्राउ परेका चौधरीलाई रु पाँच लाख जरिवाना तिराएको हो । फैसलामा अभियुक्त चौधरीले गत पुस २८ गते बाघको जुँगा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानूनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो । वन्यजन्तु मारेको र अङ्ग ओसारपसारमा संलग्न अभियुक्तलाई रु पाँचदेखि १५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast